देखिदैनन् कोही,जान्नेसुन्नेहरू कता हराए ।
भेटिदैनन् कतै, ठुला ठान्नेहरू कता हराए ।
सफरमा छु आज , पुग्नुपर्ने गन्तव्य
कुरा काट्नेहरू, खुट्टा तान्नेहरू कता हराए।
चुलेनिम्तो मेरो तर्फबाट, ती सबैलाई
सिसाको महलमा, ढुङ्गा हन्नेहरू कता हराए।
जताततै मानवता माथि पहिरो जाँदा
मानवता नै धर्म हो ठान्नेहरू कता हराए ।
प्रकरणका पहाड उठ्यो, उजुरीका जुलुस फुट्यो
पजिरोमा चढ्दै, देश धान्नेहरू कता हराए।
(लेखक: विनोद चालिसे नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नम्वर ४ का सचिव एवं प्रदेश (ख) का सभापती हुन् ।)
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।