आइतबार, माघ २२ २०७९
ताजा अपडेट

निर्मलकुमार थापाको कथा संग्रह ‘एकान्त’ सार्वजनिक


  • KTM Khabar
  • शनिबार, पुष ९ २०७९
1K
SHARES

काठमाडौँ । साहित्यकार निर्मलकुमार थापाको नयाँ कथाहरुको संग्रह ‘एकान्त’ विमोचन गरिएको छ । लेखक कुमार नगरकोटी र नेपाली सिनेमा उद्योगका कलाकार तथा अध्यात्मीक उत्प्रेरक निखील उप्रेति, शिल्पी थेयटरको प्रमुख निर्देशक घिमिरे युवराज र लेखक स्वंयमले कृतिको लोकार्पण गरे ।

निखील, निर्मल र नगरकोटीको त्रियोगीय संवादशैलीको विमोचन कार्यक्रममा सहजकर्ताकोरुपमा नाटक निर्देशक घिमिरे युवराजको बिशेष टिप्पणीणात्मक जोडान रहेको थियो । कार्यक्रममा नगरकोटीले निर्मल थापासँगको जेब्राक्रसीगं भेटको स्मरण खुलाउँदै आपसमा आम कुराकानी मात्र भन्दा पनि सत्सँग भन्न मिल्ने बताउँदै थापाको सम्मानमा तीनवटा उत्कृष्ट कविता वाचन गरेका थिए ।

त्यस्तै, सिनेमाहस्ती एक्सन किंगको उपाधी पाएका स्टार निखिल उप्रेतिले नेपाली सिनेमा निर्माण सवल नहुनुमा राम्रा कथा पनि नहुनु औल्याउँदै सिनेमाका कथाहरु विभिन्न सिनेमाका कथाहरुमा थोरै थोरै लिइने र बनाइने परम्परा रहेको बताए । आफुले साहित्यकारहरुसँगको उठबस र लेखपढको गम्भिरता निर्मल थापासँगको सम्बन्धपछि नै अघि बढेको बताए ।

थापा र नगरकोटीजस्ता शब्दका महारथीहरुजस्ता लेखकले सिनेमाका कथाहरु पनि लेख्नुपर्यो अरु सृजनसील कथाकारलाई पनि आएमा सिनेमाको आयतन अझ बढ्ने बताए । पछिल्लो समयमा निरन्तररुपमा युवाहरुलाई समबोधी अभियानका माध्यमबाट जोड्दै फरक व्यक्तित्व निर्माण गरेका निखील उप्रेतिले विमोचित कृती एकान्तको सर्सती अध्ययनभन्दा पनि कृति लेखीनुपहिलेको अवस्था र कृति प्रकाशित भइसकेपछिको मनोदशाबारे पनि अध्ययन गरीसकेको अभिव्यक्ति दिइरहदा हलमा ताली गुञ्जिएको थियो ।

सर्जक निर्मल थापाले लेखेका पूर्वप्रकाशित कथाहरु एकादेशमा र एकालाप पछिको ट्रीओलजी अन्र्तगतको अन्तिम कृतीका रुपमा एकान्त प्रकाशित भएको हो । यस कथा संग्रहमा लेखकका उन्नाइसवटा नयाँ कथाहरु समावेश गरिएका छन् । पुस्तकलाई नेपाल सेन्टरले प्रकाशन ल्याएको हो । नेपाल लगायत विश्वव्यापी सांस्कृतीक सञ्जाल भएको संस्थाले यस अघि टिपि पौडेलको कृति क्रन्तिी, देवघाट र विद्रोह, कोभिड कथाहरु, इनोसेन्स जस्ता सृजनाहरुले सार्वजनिकीकरण गरिसकेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा