बुधबार, जेष्ठ १७ २०८०
ताजा अपडेट

यस्तो रह्यो कुमा राज सुबेदीको ‘द कलर अफ इप्रिङ्ग’ कविता संग्रहको लोकार्पण


  • KTM Khabar
  • बिहिबार, बैशाख १४ २०८०
3.9K
SHARES

काठमाडौं । युवा कवि कुमा राज सुबेदीको ‘द कलर अफ इप्रिङ्ग’ नामक अंग्रेजी कविता संग्रह लोकार्पण भएको छ । प्रतिनिधि सभा सदस्य एवम् उप–सभामुख इन्दिरा राना मगरले बुधबार काठमाडौँको अनामनगरमा रहेको निम्तो रेस्टुरेन्टको हलमा सुबेदीको कविता संग्रह लोकार्पण गर्नुभएको हो ।

चर्चित टिप्पणीकार महेश पौडेलले कविता संग्रहको लोकार्पणपछि समालोचना तथा टिप्पणी गर्दै कविता संग्रहलाई कलात्मक प्रेममय र सामाजिक यर्थाथवादमा आधारीत बौद्धिक प्रेमको रुपमा व्याख्या गरे । प्रेमलाई राम्रोसँग आलोचना वा टिप्पणी गरी चर्चाको विषय बनाउन सकेमा यसले पाठकलाई अझै बढी सचेत र संवेदनशील हुन सघाउने उनले दाबी गरे ।

यस्तै, समालोचक डा.कोमल फुयालले सुबेदीका कवितामा युवा पुस्ताले गर्ने प्रेमका वारेमा उल्लेख गरिएको बताए । यो समयमा कविले यस प्रकारको कविता संग्रह पाठकमाझ ल्याएर निकै सान्दर्भिक भएको छ,फुयालले भने ।’
उप–सभामुख इन्दिरा राना मगरले सुबेदीका कविता युवापुस्ताको लागि सान्दर्भिक रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘कवितामा कविले प्रेम र मानव स्वास्थ्य प्रति सकरात्मक सन्देश दिएको देखिन्छ । कविले प्रेमको संकट र जटिलता पनि केलाउनु भएको छ । जुन युवाले बुझ्न जरुरी छ ।’

सुबेदीको कविता संग्रहलाई साहित्य पोष्टले प्रकाशन गरेको हो । उक्त कार्यक्रममा साहित्यकार एवम् साहित्य पोष्टका प्रधान सम्पादक अस्विनी कोइरालाले अध्यक्षताको आसन ग्रहण गरेका थिए । साहित्य पोष्टले अयोजना गरेको कार्यक्रममा लोकार्पण भएको कविता संग्रहमा ७७ वटा अंग्रजी कविता संलग्न रहेका छन् ।

कविता संग्रह लोकार्पण कार्यक्रममा विभिन्न विधाका साहित्यकार,पत्रकार,शिक्षक तथा बुद्धिजीविहरुको सहभागिता रहेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा