१० बैशाख, काठमाडौँ ।
शिक्षाकर्मी भोज कुमार धमलाको पहिलो पुस्तक विमोचन भएको छ । काठमाडौँको कमलादी स्थित पारिजात हलमा भव्य कार्यक्रमको आयोजना गर्दै पुस्तक सार्वजनिक गरिएको हो ।

अंग्रेजी पुस्तक ‘द सेल्फिस सिटी’ पद्म देवकोटाको प्रमुख आतिथ्ययतामा विमोचन गरियो । यस्तै विमोचन कार्यक्रममा प्रा.डा. अरुण गुप्तो, सञ्चारकर्मी तथा राजनीतिक विश्लेषक मुमाराम खनाल, प्रा.केशव सिग्देल, कुटिनीति व्यक्ति, साहित्यकार, शिक्षाकर्मी तथा लेखनी एवं साहित्यमा सरोकार राख्ने विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

आमन्त्रित अतिथिबाट पुस्तकको अनावरण गरिएका थिए । भने कार्यक्रममा उपस्थित वक्ताहरूले लेखक धमलालाई शुभकामना दिएका थिए ।

कार्यक्रममा बोल्दै लेखक धमलाले प्रमुख अतिथि देवकोटालाई महागुरुबाट सम्बोधन गर्दै उहाँको प्रेरणाले पुस्तक लेखनको यात्राको सुरुवात भएको स्मरण गरे । आफ्नो मन्तव्यको क्रममा केही कविता समेत वाचन गरेका थिए ।

यस्तै प्रा.डा. गुप्ताले आगामी लेखनी यात्राको शुभकामना दिँदै विश्वमाझ अर्थपूर्ण पुस्तक आएको बताए । उनले पुस्तकले लेखक धमलालाई थप उचाइ दिने उल्लेख गरे ।

प्रमुख अतिथि देवकोटाले आफ्नो मन्तव्य राख्दै पुस्तकले कविताको मर्मलाई बुझेको भन्दै केही कमीकमजोरी भए त्यसलाई व्यक्तिगत
रूपमा आफूले सल्लाह दिएर थप परिस्किृत गर्ने बताए ।

कार्यक्रम दिउसो १ः३० बजेदेखि ३ बजेसम्म कार्यक्रम सञ्चालन भएको थियो ।





















फाेटाे: केटिएम खबर