शनिबार, साउन ९ २०८३
ताजा अपडेट

फिफा बरियता सार्वजनिक, नेपाल यथावत रहँदा कतारको ३८ स्थान सुधार


  • बिहिबार, माघ २४ २०७५
27.7K
SHARES

२४ माघ, विश्व फुटबल महासंघ (फिफा) ले विश्व बरियता सार्वजनिक गरेको छ ।

फिफाले आज सार्वजनिक गरेको बरियतामा नेपाल १६१ औं स्थानमा यथावत नै रहेको छ । केही दिनअघि मात्रै जापानलाई पराजित गर्दै एसियन कपको उपाधि उचालेको कतारले भने बरियतामा छलाङ मारेको छ ।

कतारले ३८ स्थान सुधार गर्दै विश्व बरियतामा ५५ औं स्थानमा उक्लिएको हो । कतारले एसिया क्षेत्रको पावर हाउस मानिने राष्ट्रहरुलाई पराजित गर्दै एसियन कपको उपाधिसँगै इतिहास रहेको थियो ।

त्यस्तै, भारत फिफा बरियतामा ६ स्थान तल झर्दै १०३ औं स्थानमा पुगेको छ । दक्षिण एसियाली राष्ट्रहरुमा माल्दिभ्स १५२औं स्थानमा रहँदा भुटान १८६ औं, बंगलादेश १९२ औं, पाकिस्तान १९९ औं र श्रीलंका २०१ औं स्थानमा छन् ।

विश्व बरियताको शीर्ष स्थानमा भने बेल्जियम शीर्ष स्थानमा कायमै रहेको छ । त्यस्तै, विश्वविजेता फ्रान्स भने दोस्रो स्थानमा छ । ब्राजिल तेस्रो स्थानमा रहँदा चौथो स्थानमा क्रोएसिया, पाँचौमा इंग्ल्यान्ड र छैटौं स्थानमा पोर्चुगल रहेका छन् ।

त्यस्तै, सातौंमा उरुग्वे रहँदा आठौं स्थानमा स्वीट्जरल्यान्ड, नवौंमा स्पेन र १० औं स्थानमा डेनमार्क रहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा