मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

गगनको क्षेत्रका प्रदेश उम्मेदवार श्रीरामको उद्घोष, ‘जनताको शिर निहुरिने काम आफूबाट कहिल्यै हुँदैन’


  • KTM Khabar
  • सोमबार, कार्तिक २८ २०७९
2.5K
SHARES

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ प्रदेश ‘क’ तर्फका गठबन्धनका साझा उम्मेदवार काँग्रेस नेता श्रीराम लामिछानेले आफ्नु क्षेत्रका जनताको शिर निहुरने काम कहिल्यै नगर्ने बताएका छन् ।

लामिछानेले मुलुक र जनताको हितमा काम गर्ने बताउँदै निर्वाचन पछि जनताको हितमा काम गर्न दिन रात खटिने समेत बताएका हुन्।

यस अघि नेपाली काँग्रेसभित्र केन्द्रीय राजनितिमा प्रभाव भएका तर अवसर बाट सधै बन्चित हुन पुगेका जस्तो देखिने नेताको रुपमा चिनिदै आएका उनी काठमाण्डौँ क्षेत्र नम्वर ४ प्रदेश ‘क’ मा पार्टीले टिकट दिएसँगै चुनावी गतिविधिमा केन्द्रित छन् ।

उनी काँग्रेस महाधिवेशन प्रतिनिधि समेत हुन् । पक्ष होस या बिपक्ष उनीहरुको समस्यामा सधै अग्रसर भएर लागि पर्नु उनको बलियो पक्ष हो । सरलता र निष्ठाको राजनितीमा खम्वा भएर अनवरत कांग्रेसमा सक्रियता देखाउनु उनको परिचय हो ।

लामो समय काँग्रेस राजनीतिमा क्रियाशील उनको अहिले जनतामाझ चर्चा छ । आगामी चुनावको नतिजा उनको पक्षमा आउने समेत अड्कल हुन थालेको छ।

बाग्मती प्रदेश अन्तर्गत काठमाडौँ क्षेत्र नम्बर ४ प्रदेश ‘क’ बाट नेपाली काँग्रेसबाट उम्मेदवारी दर्ता गराए संगै उनको चर्चा सुरुभएको हो ।

क्षेत्र नम्बर ४ मा कांग्रेको तर्फबाट गगन थापा चुनावी मैदानमा छन् । सत्ता गठबन्धनको तर्फबाट प्रदेश ‘ख’ समाजवादीका कुसुम कार्कीलाई कांग्रेसले सघाउने भए संगै प्रदेश ‘क’ मा लामीछानेलाई पार्टीले टिकट दिएको हो ।

नेबिसङ्घको राजनीतिबाट उदाएका लामिछाने काँग्रेसको विद्यार्थी राजनीतिमा स्थापित र पार्टी भित्रका सक्रिय नेता हुन् । काँग्रेस काठमाडौँको राजनितिमा चुनावी किङ मेकरको रूपमा समेत पार्टी भित्र उनको चर्चा पहिले देखिनै हुने गर्दथ्यो ।

अहिले उनको राजनितिक प्रभाव र ईमान्दारीतालाई महामन्त्री गगन थापाले चिनेर उनलाई टिकट दिलाएका हुन् । काठमाडौँ निर्वाचन क्षेत्र ४ प्रदेश क तर्फ उनलाई बलियो प्रतिस्पर्धीको रूपमा हेरिएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा