बुधबार, चैत्र १५ २०७९
ताजा अपडेट

एन्फाको सहायक महासचिवमा बद्री भट्टराई


  • KTM Khabar
  • बुधबार, फाल्गुन १७ २०७९
1.3K
SHARES

बद्री भट्टराई/फाइल तस्विर

काठमाडौँ । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को सहायक महासचिवमा दामोदर भट्टराई (बद्री) नियुक्त भएका छन् । आज बसेको एन्फाको बैठकले भट्टराईलाई सहायक महासचिवमा नियुक्त गरेको हो ।

भट्टराईले यस अघि पनि विभिन्न खेलकुदका सङ्घ÷संस्थामा पदाधिकारी बनेर काम गरिसकेका छन् । पदाधिकारी रहँदा आफूलाई अब्बल सावित गरेका भट्टराईले एन्फालाई नयाँ आयामको विकास गर्ने अपेक्षा गरिएको छ ।

काठमाडौँ जिल्ला खेलकुद विकास समितिदेखि नेपाल ह्यान्डबल एसोसिएसनसम्म उनले पदाधिकारी बनेर काम गरिसकेका छन् ।

एन्फाका विभिन्न गतिविधिमा विगत लामो समयदेखि सक्रिय रहेका भट्टराइलाई यस अघि नै एन्फा पदाधिकारीमा नियुक्त हुने भन्ने चर्चा चलेको थियो ।

उनी नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ४ सचिव समेत हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा