काठमाडौँ । कुरो हो २०६२ साल तिरको । जति बेला म सुनौलो भविष्यको परिकल्पना गर्दै कक्षा १२ न्यु समिट कलेजमा अध्ययनरत थिए । देशमा राजाको प्रत्यक्ष शासन थियो र सात दल आन्दोलनरत थिए । त्यही माझ युवा पंक्तिहरुरुको अग्र पंक्ति एक नेताको चर्को भाषण टेलिभिजनमा देखेँ । नाम हो गगन थापा । मैले पहिलो चोटि सुनेको र प्रत्यक्ष देखेको । राजनैतिक पारिवारिक माहौल भएका कारण राजनीति प्रति मलाई सानैदेखि चासोको विषय रहेको थियो । मेरो बुवा रामकृष्ण केसी ०४९ साल र ०५४ मा तत्कालीन कपन गाविस वडा –४ को वडाध्यक्ष र नेपाली काँग्रेस कपन गाविसको इकाई सभापति हुनुहुन्थ्यो । घरमा नेता कार्यकर्ताको आवत जावत र उहाँहरूको वार्तालाप निकै चाख लाग्थ्यो । विस ०६२/६३ को जन आन्दोलनको बखत गगन थापा युवा पङ्क्तिमा अग्रणी भूमिका हुनुहुन्थ्यो । उहाँको लोकतन्त्र प्रतिको भाषण र वाक कला निकै नै घत लाग्थ्यो ।
देशमा लोकतन्त्र आयो २०६५ ताका म बिबिए अध्ययन गरिरहेको थिए । घरमै एक वैवाहिक कार्यक्रममा गगन थापासंग प्रत्यक्ष भेट्ने अवसर मिल्यो । उहाँ र अरू नेता गणका कुरा सुन्ने मौका पाएको थिए । तत्कालीन समयमा उहाँको राजनीति प्रतिको लगाव र भिजनहरू बारे केही सुन्न र आफ्नो कुराहरू राख्ने मौका पनि पाए । संविधानसभा सदस्यको रूपमा उहाँका मौलिक अधिकार सम्बन्धी बिचार, गैरआवसीय नेपालीले नागरिकता पाउने विषय, आमाको नामबाट नागरिकता, १८ वर्षसम्म बाल–बालिकालाई राजनीतिक क्रियाकलापमा संलग्न नगराउने लगायत दलित अधिकार, महिला अधिकार, युवा अधिकार, आदिवासी जनजाति मधेसी समुदायको अधिकार, शिक्षा, स्वास्थ्य सामाजिक सुरक्षालगायतका विषयमा राख्नु भएको बिचार निकै मार्मिक थियो । समय क्रम अनुसार नै गगन थापाका भाषण र संविधान सभामा बिचार सुन्दै हुर्कँदै ०६८ साल ताकाको कुरा हो जब म एमबिए अध्ययन गरिरहेको थिए । उहासंग पुनः भेट्ने मौका मिल्यो । प्रमुख वक्ताको रूपमा हाम्रो कलेजमा युवा र राजनीति अनि विकास विषयमा हामीलाई फेसिलिएट गर्न आउनु भएको थियो ।
‘राजनीतिलाई फोहोर छ भनेर हेरेर बस्ने होइन, त्यसको सफा गर्न आफैले राजनीति गर्नुपर्छ भन्ने मान्यताका साथ म राजनीतिमा होमिएको हुँ’, भन्ने भनाइ मलाई र मेरा सहपाठीहरूलाई निकै नै प्रेरणा दायी थियो । त्यहाँको थप पश्चात् उहाँले मलाइ भेट्न पनि बोलाउनु भयो । लगत्तै गगन थापासंग भेट्ने मौका मिल्यो कुरा भयो । अबको राजनीतिक अवस्थामा युवाहरूको सहभागिता आवश्यक रहेको बताउनु हुँदै हामी जस्तो युवाको साथ खोज्नु भएको कुरा प्रस्टसँग राख्नु भयो । राजनीति प्रति चरम असन्तुष्टि रहेको समाज र वृद्ध नेताहरूको हर्कतले आजित नेपालीलाई समृद्धि तिर समाज लम्काउँछु भने बुलन्द आवाजको आभास पाए गगन थापामा । त्यसैले उहाँसँग रहेर सहयोग गर्ने निर्णय गरे । कालान्तरमा आएर के मेरो निर्णय सहित थियो त भन्ने प्रश्नको जवाफ मैले उहाँ छोटो समयका लागि करिब ८ महिना जति नेपालको स्वास्थ्य मन्त्री हुँदा पाए ।
छोटो समयमा नै स्वास्थ्य मन्त्रीको रूपमा उहाँले चाल्नु भएको कदम र नीतिगत निर्णयले नेपालको स्वास्थ्य व्यवस्थाको नयाँ आयाम थपिएको थियो । सांसदको रूपमा उहाँले हाम्रो क्षेत्रमा पुर्याउनु भएको विकासको योगदानका लागि पनि म उहाँ प्रति कृतज्ञ छु । हिजोका दिन हिलाम्मे सडक, साँघुरा सडक, विगत केही वर्ष यता मात्रै बुढानीलकण्ठमा प्रमुख भनिएका अधिकांश सडक चौडा सहित विकसित सम्भव भैसकेका छन् । यस्तै स्वास्थ्य शिक्षा खानेपानी अवधारणा अन्तर्गत धेरै प्रगति भएका छन्।। सदनमा होस कि क्षेत्रमा दुबैमा आफ्नो सांसद अब्बल देखिँदा आफ्नो मतको कदर भएको आनन्दमा आभास हुने रहेछ । आफूले लिएको विश्वास र निर्णय सही साबित हुँदो रहेछ । संसदमा आम मानिसका हरेक विषयमा उहाँको अभिव्यक्ति सर्हानिय लाग्छ । आफ्नो पार्टी पक्षमा होस् या प्रतिपक्षमा उहाँको खबरदारी भूमिकाले सरकार सञ्चालन गरेकालाई प्रश्न गर्ने गर्छ । नेपालमा एक क्षमतावान् नेता राष्ट्र निर्माणमा र जनताका लागि कार्य गर्ने नेताका रूपमा उहाँलाई मैले चित्रण गरेको छु । समय क्रमसँगै आज १२ वर्षसम्म यात्रामा पनि उहाँमा उही गगन थापा, उही जोस देख्छु पाउँछु जसको सपना छ ‘समुन्नत नेपाल सम्मानित नेपाली’ । आजसम्म मलाई विश्वास र गर्व छ ।
लेखक: रञ्जित केसी (MBA Graduate)