शनिबार, साउन ९ २०८३
ताजा अपडेट

माओवादी केन्द्रका देवेन्द्र पौडेल निर्वाचित


  • बुधबार, मंसिर ७ २०७९
10.7K
SHARES

फाइल तस्विर

७ मंसिर, बागलुङ ।

बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन् । नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई ४ हजार ५९९ मतान्तरले पराजित गर्दै पौडेल लगातार दोस्रो पटक सांसद चुनिएका हुन् ।

२०७४ सालमा २८ हजार ८ सय २७ मत ल्याएर सांसद चुनिएका पौडेलले यसपटक २४ हजार ७७९ मत प्राप्त गरे । उनका प्रतिद्वन्दी नेकपा एमालेका मञ्जु शर्मा चालिसेले २० हजार १८० मत प्राप्त गरेकी छिन् ।

यो पनि हेर्नुहोस्,

ओखलढुंगामा कांग्रेस उम्मेदवारले मारे बाजे, निकाले कमालको नतिजा !

ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रामहरि खतिवडा विजयी भएका छन् । वाम-लोकतान्त्रीक गठबन्धनका उम्मेदवार खतिवडा निवर्तमान सांसद यज्ञराज सुनुवारलाई ६८१८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

खतिवडाले ३३५५६ र सुनुवारले २६७३८ मत ल्याएका छन् । २०७४ को निर्वाचनमा खतिवडालाई ५२५३ मतले पराजित गर्दै सुनुवार विजयी भएका थिए ।

ओखलढुंगाका २ प्रदेशसभामा समेत कांग्रेस-माओवादीका साझा उम्मेदवार विजयी भएका छन् । १ मा कांग्रेसका प्रदीप सुनुवार र २ मा माओवादीका बाबुराम गौतमले चुनाव जितेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा