शनिबार, कार्तिक २२ २०८३
ताजा अपडेट

ईश्वर पोखरेलको श्वेतपत्रमा जनार्दन शर्माको आपत्ति


  • बिहिबार, फाल्गुन १५ २०७६
16.6K
SHARES

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले हालै सार्वजनिक गरेको नेपाल ट्रष्टको श्वेतपत्रमा आफ्नो नाम उल्लेख गरेको भन्दै शर्माले झुठा कुरा लेखिएर अश्वेतपत्र जारी गरिएको बताए।

बिहीबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै शर्माले श्वेतपत्रबारे प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेलबाट जवाफ पनि माग गरेका छन्।
‘श्वेतपत्र भनेको के हो? कुनै विषयमा जस्ताको त्यस्तै ल्याउनका लागि श्वेतपत्र जारी हुन्छ होला भन्ने मैले बुझेको थिएँ,’ उनले भने, ‘मैले मिडियाबाट थाहा पाएँ, जग्गा लिज दिन फलाना फलाना लागे भन्ने पढें। त्यो पढिसकेपछि तथ्य के होला भनेर खोज्न ट्रष्टको कार्यालय गएर माइन्युट हेर्न निवेदन दिएँ। तर हेर्न दिइएन।’
लिखित निवेदन दिएर माइन्युट हेर्न माग गरे पनि ताल्चा लगाएको छ खोल्न मिल्दैन भनिएको शर्माले बताए।

‘मैले कर्मचारीहरूसँग भने, मेरो नाम पनि आयो। गृहमन्त्री हुँदा म ट्रष्टको कार्यालय पसेको पनि थिइनँ,’ उनले भने, ‘तर कसरी आयो मेरो नाम? कर्मचारीहरूले तपाईं हुँदा बैठक भएको पनि थिएन भनेको भन्नुभयो। कुनै निर्णय भएको छैन हजुरको पालामा भनेर भन्नुभयो। मैले मुख्यसचिवलाई पनि सोधें, कुनै निर्णय भएको थियो त? उहाँले झुठा भन्नुभयो। म आश्चर्यमा परेँ यो श्वेत पत्र हो कि अश्वेत पत्र हो?’

श्वेतपत्र जारी गरिएको हो भने जस्ताको त्यस्तै आउनुपर्ने उनले बताए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा