शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

चौधौ फेका कप फुटबल भोलिबाट शुरु हुने


  • बुधबार, मंसिर १८ २०७६
26.4K
SHARES

फाइल तस्विर

फाइल तस्विर

१८ मंसिर, काठमाडौँ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौँ अन्तरर्गत रहेको क्लस्टर फेकाको आयोजनामा मंसिर १९ गतेदेखि चौधौ फेका कप अन्तरविद्यालय फुटबल टुर्नामेन्ट शुरु हुने भएको छ ।

पेप्सिकोला फुटबल ग्राउण्डमा बिहिबार (भोली) देखि १० दिनसम्मका लागि प्रतियोगिता हुने भएको हो ।

२४ स्कुलको शहभागिता रहने उक्त फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिकोको रुपमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा रहनेछन् भने कार्यक्रममा प्याब्सन काठमाडौँ पदाधिकारी, फेका पदाधिकारी, विभिन्न स्कूलका प्रिन्सिपल, शिक्षा तथा खेलकुदसंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहने प्रतियोगिताका संयोजक किरण न्यौपानेले बताए ।

उद्घाटन कार्यक्रममा प्रतियोगितात्मक मार्च पासद्धारा स्वागत गरिनेछ ।

नकआउट चरणमा गरिने उक्त छात्र फुटबल प्रतियोगिताबाट विजयी प्रथम, द्धितीय, तृतीय र सान्त्वना टिमलाई क्रमस ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने जनाइएको छ ।

उद्घाटन खेल करियर बिल्डिङ स्कूल र गोल्डेन बर्ड स्कूल बिचमा हुनेछ । गत वर्षको फेका कप फुटबलको उपाधि करियर बिल्डिङले जितेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा