नेपाली संगीत क्षेत्रमा लामो समयदेखि सक्रिय संगीतकार तथा गायक सूर्य राई दनुवारको संगीतमा तयार भएको नयाँ गीत ‘निष्ठुरी’ सार्वजनिक भएको छ। लोकप्रिय गायक प्रमोद खरेलको आवाजमा रहेको उक्त गीतले प्रेम, भावना र सम्बन्धका विविध पक्षलाई प्रस्तुत गरेको छ।
गीतको भिडियोमा बरुण अधिकारी र बिना राउतको अभिनय रहेको छ। प्रेमकथामा आधारित भिडियोमा दुवै कलाकारले भावनात्मक अभिनय गरेका छन्।
संकल्प भुजेलले छायांकन गरेको भिडियोको सम्पादन विकास दाहालले गरेका छन् भने भिडियोको निर्देशन बरुण अधिकारीले गरेका हुन्।
सार्वजनिक गीत तथा भिडियोले नेपाली संगीतप्रेमी दर्शक–श्रोतामाझ नयाँ स्वाद प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। ‘निष्ठुरी’ AB फिल्मी YouTube सार्वजनिक गरिएको छ।
हेर्नुहोस् भिडियो:
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।