मुम्बई । बलिउड अभिनेता आमिर खानले आफ्नी प्रेमिका गौरी स्प्रेटसँग मुम्बईको बान्द्रास्थित आफ्नै घरमा एक निजी समारोहबीच विवाह गरेका छन् ।
पछिल्लो दुई वर्षभन्दा बढी समयदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले आइतबार परिवार र केही नजिकका साथीहरूको उपस्थितिमा विवाह गरेका हुन् ।
आमिरका प्रवक्ताले उनीहरु आधिकारिकरूपमा पति पत्नी भइसकेको भारतीय मिडियाहरुसित बताएका छन् । वैवाहिक समारोहमा आमिरका अघिल्ला विवाहबाट जन्मेका सन्तानहरूसहित परिवारका सदस्यहरू र निकट साथीभाइको उपस्थिति थियो ।
विवाह समारोह सुरु हुनुअघि आमिरकी छोरी आइरा खान र छोरा जुनैद खानलाई उनको निवासमा पुगेको देखिएको थियो । यस्तै ुलगानु फिल्मका निर्देशक आशुतोष गोवारिकर र अभिनेत्री एली अवराम पनि उत्सवमा सहभागी हुन पुगेका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।