शुक्रबार, साउन ८ २०८३
ताजा अपडेट

सबिन श्रेष्ठले ल्याए नयाँ गीत (हेर्नुस् भिडियोसहित)


  • सोमबार, भाद्र २४ २०८१
15.8K
SHARES

काठमाडौं । गायक सविन श्रेष्ठले नयाँ गीत बजारमा ल्याएका छन् । ‘माया’ बोलको गीत उनले आइतबार युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

गीतमा सविनकै स्वर रहेको गीतमा शब्द तथा संगीत पनि उनी स्वयंको छ । प्रेमिल गीतले प्रेम, समर्पण, कल्पना र वियोग प्रस्तुत गरेको छ । सँगै गीतले एक्लो जिन्दगीको कथा भन्ने प्रयास गरेको छ । दुर्घटनामा परेपछि आफूले माया गरेको मान्छेलाई गुमाएपछि एक्लो जीवन र संघर्षशील कथा गीतले भनेको छ ।

गीतको भिडियो पनि निर्माण गरिएको छ । संकल्प भुजेलले खिचेको भिडियो भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा