लेख लेख्न त्यति जागर कहिल्यै लागेन । एकजना साथी, उ प्राय अनलाईन तथा कहिलेकाही छापा मिडियामा लेख लेखिरहन्छ, मलाई ज्यादै कर गरिरहन्थ्यो लेख्न । म भने अल्छी । लेख्न थाल्यो पुरा नगर्ने । टपिक चुज गर्यो अर्का तिर ध्यान जाने । त्यसमा पनि मलाई साहित्य कम मनपर्ने । लेख्न पनि कहाँ सजिलो छ र । नसक्ने पनि । राजनीति कुरा बिसाउ जवको नेचरले पनि नमिल्ने । सरकारी कर्मचारी राजनीतिमा उल्टा सुल्टा गफ ठोक्न पनि मिलेन । त्यो बाहेक मेरो रुचीको विषय मिडिया, टेकनोलोजी, सामाजिक अवस्था, जेनेरेसन आदी थिए । एक दुई लेखमा त पुच्छरमा गएर ‘द राईटर लभ्स टु राईट अन टेक्नोलोजी एण्ड सोसल ईन्जिनियरिङ’ पनि लेख्न भ्याए । यो मेरो परिचय थिएन । मात्र रहर ।
यसमानेमा लेखनिमा मलाई सधै अल्झन आयो । अघि उल्लेखको गरिसके राजनीति, सुरक्षा आदी आफुले गफ दिने विषय लेख्न नमिल्ने । साहित्यमा कथा, फ्रिक्सन केहिपनि आफु लेख्न नसक्ने । यी यावत समस्या छदै थिए । छन । त्यति मात्र कहा हो र कपि लिएर लेख्न बस्यो यो जमानामा पनि कसैले हातले लेख्छ । सिधै टाइप गर्ने भन्ने लाग्थ्यो । टाईप गर्न थाल्यो कहाँ यसरी हुन्छ र । यस्तो खुरुरु आईडिया फुरी रहेछ । यति ढिलो चराले चारो टिपेजस्तो पल्याक पुलुक हेर्दै एक एक क्लिक टाईप । कसै गरेपनि नहुने । पहिलाको नेपाली उखान अल्छिले जति जैसीले जान्दैन (कम्युनल सोच नठान्दिनु होला) । यो म संग मिलेको उखान र उपमा मात्र हो ।
यस अघि केही लेखहरु अंग्रेजीमा लेखेको थिए । अंग्रेजी जान्ने भएर पनि होईन । उही टाईप गर्न सजिलो र आफैले जानेको । किन किन मलाई आफ्नै नेपालीमा लेख्न मन परिरह्यो । आफ्नै भाषा पनि । आफ्नै विम्व प्रयोग गर्न सकिने । बास्तवमा आफ्नो भाषाको एक्चुअल रिडरसिप पनि बढी हुने रहेछ । यदी ‘पावर’ राईटअप भएमा म्यासेज पनि ह्युज जाने । आदी फाईदा सोचेर पनि नेपालीमा लेख्छु भन्ने लागिरह्यो । जसरी पनि लेख्छु भन्दै धेरै समय विताए । कथा दोहोरीरह्यो छेपारोले मुडा तापेको । तर गर्न सकिएन ।
यो पटक मेरो लेख अलि फरक बनाउने नै सोचमा थिए । अलि फ्रेस, अर्गानिक, फ्याटलेस लेख लेख्ने हुटहुटी चलि रहेको थियो । थाहा थियो कनेर लेखिदैन । विचारमा कब्जियत छैन । तर पनि त थट फ्लस हुनुपर्यो नी । एउटा नमिल्ने अर्को नआउने लेखनीबाट नयाँ उत्पादन खोज्नु थियो । मन मनै एउटा नयाँ आयाम लेख्नुपर्यो भन्ने सोचिरहेको थिए । यहाँ अरुका लागी हैन मेरा लागी मात्र नौलो भएकोले आयाम भनेको हु । खासगरी मलाई लेखाईलाई ब्लेन्डिङ गर्न मन थियो । मेरा दुईवटै अज्ञानी र भर्जिन लेखनीलाई मिसाएर एउटा अनौठो लेख बनाउने । न साहित्य न राजनीति । तर मलाई समाज लेख्न मन थियो । मलाई युवा पुस्ता लेख्न मन थियो । मलाई परिवर्तन¸ पुस्तान्तर, सोसिएल आर्टीफ्याक्ट सबै सबै लेख्न मन । तर यी सब लेखनीका काउकुती मात्र थिए ।
अचेल मेरा बसाई चरीकोट छ । सुन्दरताका हिसाबले म यसलाई नेपाल सरद भरमा दोस्रोमा राख्छु । धेरै साथीहरु सोध्नुहुन्छ कस्तो छ चरिकोट दोलखा । म प्रायलाई मेरो छ महिना अघी घुसेको उत्तर दिन्छु । पोखरा पछीको दोस्रो, राम्रो, रमाईलो, सुन्दर, गौरिशंकरको फेदमा, आदी आदी त्यपछि थप गर्ने केही फ्रेजहरु थिए । घनिष्टहरुलाई त दोलखा घुम्न आउने निम्तो दिई नै सकेको थिए । म अचेल यहाँको पर्यटन विकासको ब्राण्ड एम्यसडर जत्तिकै प्रचारमा व्यास्त छु । आफै पनि भ्याएजति घुम्न तम्सिएको छु । किनकी ओखलढुङ्गालाई सिद्धिचरणले प्यारो भनेजत्तिकै छ । मेरो लागी आज भोली यो त्यस्तै प्यारो छ ।
यहाँ हाम्रो सरकारी भेटघाट चल्छ । घरबाट बै टाडा तर दोलखामा सबै नजिक । सबै कर्मचारी । दिउसोमा काम । थोर बहुत बजारका स्थानिय मित्र । विहान गौरिशंकर हेर्दै सुरु भएको राईट अफ वे मा बनेको बाटो मुनिको कोरोना फ्रि चिया घुम्तिको चिया । साझपख दारिबाजेको कफि । हाम्रो नित्य झै बनिसकेको छ । त्यसमा कोही बेला कालिन्चोक मावि मा बनेको जेरी हामी सधै मिस गरिनै रहन्छौ । एक जना कोही छुटे अउलाख आले सरले फोन गरेर डाक्ने । सबै जुटेर खाने¸कोहो फुटेर नखाने हाम्रो चलन छ । कोही बाहिर ननिस्के किन गुँड पसेको भन्ने बुद्दि सरको ब्यंङ्ग्य चलि रहन्छ । नित्य यस्तै यस्तै छ ।
अचेल अलि समस्या छ । धेरै साथि दुर्गमको नम्वरक पुर्याइ सरुवा हुन थाल्नु भएकोले चरिकोट मौन लाग्छ । यहाँ कहिले केन्द्रको हावाका कारण राजनीतिक उथल पुथल पनि चल्छ । एउटा उखान पनि पुरानो बन्दै रहेछ ‘दोलखा हतपत तात्दैन तातेपछी सेलाउदैन’। हैट । सुरुमा त डर नै लाग्दो । तर पुर्ण रुपमा त्यस्तो पनि हैन रहेछ । बास्तवमा दोलखा त न तातो न चिसो । यो त असाध्यै न्यानो पो रहेछ । गित नै परिवर्तन गरिदिउ जस्तो । दोलखा त साच्चिकै पो दोलखा नै रहेछ…
आज दिनभर मैले काम कम गफ अलि बढी गरे । आज एकजना असाध्यै गफ मिल्ने साथी अफिस आउनुभयो । तिन चार पटक चिया थपि गफ्फिउ । उहाँ हामीले स्कुलको नेपालीमा पढे जस्तो बहुमुखी प्रतिभाका धनी । पेशाले शिक्षक, हेडसर, कामले पत्रकार, तस्विर कैदको सौन्दर्यताका दृष्टिले फोटोपत्रकार, मानवअधिकार कर्मी, उपभोक्ताहित कर्मी, कति भ्याएको । विहान बेलुकी संग संगै त छदै छौ । दिनभर मैले जानेको मैले भने, उहाले पनि त्यही गर्नुभयो । मैले पनि सिके । लाग्छ उहाले पनि सिक्नु भयो । हाम्रो फ्रुटफुल भेट नै भयो । मैले मिडिया टेक्नोलोजीले ल्याएको प्रभावका बारेमा कुरा गरे उहाले पनि रिलेटेड सब्जेक्ट, मिडिया-फोटोग्राफी टेक्निक आदीका बारेमा । उहाँहरुले एउटा डकुमेन्ट्री बनाउनु भएको रहेछ । च्छोत-च्छोत झरना देखी-च्छोरोल्पा हिमताल सम्मको यात्रा समेटेर । उहाको पर्सनल युट्युब च्यानलमा देखाउनु भयो । डकुमेन्ट्रि मेरो पनि प्रिय विषय । यहाँका सुन्दर झरना, नागबेली कोशी-तामाकोशी, हिमालै हिमाल, सुन्दर जंगल, प्रसिद्ध कालिन्चोक तथा पसिना आई केही संकेत गर्ने दोलखाका इष्टदेव अदभुतर साक्षात भिमेश्वर, गाईखुरा मन्दिर लगायत आदी सबै ठाउ समेटी दोलखा सेरोफेरोमा न्यारेटिभ स्टोरी बनाउन सके राम्रो हुने गफ गर्यौ । त्यो भन्दा अझ राम्रो विगु, विगु गुम्वा, लप्ची, मेलेरोपा बौद्ध धर्मगुरुको केभ, चिनसम्मको सिमाना, नाकडाडीँ पहाड सबै समेटेर दोलखाको फुल कभरेज डकुमेन्ट्री बनाउन सके प्रचार गफमा सिमित नहुने ठुलो चिन्ताका साथ गफ सकेका थियौ ।
मलाई यहाँ चिन्ता भएको विषय फरक छ । मैले समाज लेखिन । यहाँको भाषा लेख्नै बाकीनै छ । नेपालमा सुचिकृत भएका एकसय एकतिस भाषामा समेत नपरी अझ बाकी रहेको ‘दोलखाली’ भाषोका यहाँ पूर्ण जिउदै छ । म आफु पनि लिङ्ग्युस्टिकको स्टुडेन्ट । भाषा नलेखि नसक्ने । कस्तो अचम्मको भाषा छ यहाँ । अध्ययन गर्न बाँकी छ । ‘नेवारी-शेर्पा’ टङ्गको भाषीका सायद भाषा परिवारमा ‘तिब्बतियन’ फ्यामिली । पूर्ण नेवारी पनि होइन शेर्पा पनि । अध्येताहरुले यसलाई नेवारी परिवारमा पारेको हुन सक्छ । तर विल्कुल फरक । यहाँ बाहेक तौथलीका नेवारी समुदायले मात्र बोल्ने । एउटा अचम्मको भाषा-कुनै अध्ययन नगरिएको । अध्ययनका हिसाबमा एउटा भर्जिन सब्जेक्ट ।
लेखमा मैले अझ धेरै अन्याय त यहाँको हिस्ट्रि, कल्चर, सोसोलोजी रिलेटेड विषयलाई गरेको छु । यहाँ नेपालमा एक ठाउमा मात्र वसोबास गर्ने जिरेल उल्लेख गर्न सकेको छैन । सुरीका सुरेल लेख्न सकेको छैन । भुगोलको रुपमा समेत जिरी सम्म लेख्न भ्याएको छैन । मैले भुगोलमा कालिन्चोक बर्णन गर्न सकेको छैन । त्यहाँ भएको न ब्राह्मण-क्षेत्री-न जनजाती विचको बनावट देखिने थामीहरु लेख्न सकेको छैन । उनीहरुको कल्चर, सोसल ईन्जिनियरिङ देख्न र लेख्न सकेको छैन ।
मेरो लेख यो छैन, उ छैन मा सिमित छ । केबल छ त अपूर्ण छ । विषय गिजोलीएको छ । पात्रहरु उभ्याईएको छैन । कथानक भत्किएको छ । लेखाइका शिलशिला टुटेका छन् । अनि, अनि अझै पनि पिकअप भएका बिषयहरु कभरेज नभइ छुटेका छन ।
त्यो भन्दा थप यहाँ समाज र संसकृति लेख्दा किरातीछाँप छ । किरातहरुले राज्य गरी किल्ला बनाएको ठाउ (?) तर झन अचम्म छ । जिल्लामा मात्र हैन उक्त छाँपमा समेत किरातहरू शुन्य छन । पाखा पखेराहरु छन् । यहाँ बोच छ अनि सुन्दर खोच छ । मेरो लेखमा यसको बर्णन छैन । मलाई लेखनीमा दोलखालाई न्याय दिन नसकेकोमा चिन्ता छ ।
त्यसैले मैले मेरो लेखमा अझै विगु लेखेको छैन ।
चिन्ता यो छ यहाँ,
तपाई दोलखालीले अझै लप्ची देखेको छैन ।।
यहाँको सुन्दरताको ब्याख्या मेरो स्टोरीमा छुटेका छन । मैले रोलवालिङ् रेन्ज, कुरी, सुन्दर डाङडुङे डाडा यानेकी फिल्म सिटी, एकसय असी डिग्रिमा देखिने हिमाली शृखला, खरिढुंगा, गौरिशंकर-विगुका झरना केही लेख्न सकेको छैन । बस यति भन्छु आई ह्याव सेन्स्ड देम । वि अल ह्याव सेन्स्ड देम ।
बास्तबमा मेरो लेखनको कुरा गर्दा म सुन्दरता लेख्न नसक्ने मान्छे रहेछु । विद्रुपता देख्न नसक्ने मान्छे रहेछु । मन पराएर पनि लेख्न नसक्ने । धेरै डुल्दा पनि देशका आन्तरिक भुगोल लेख्दै लेखिन । सारा डुले तर त्यो सुन्दर रारा त लेखिन । देश बाहिर पनि सिंगो रसियाबाट टुक्रेको कजाक डुल्दा त्यो अलमाटी, युएसको इस्ट कोसको सुन्दरता, वेस्ट कोस्ट डुल्दा सानफ्रान्सिस्को, क्यालिफोर्निया, अल्कास्ट्रा, गोल्डेन ब्रिज, जापनिज बोटानिकल गार्डेन, सान्ताक्रुज केही लेखिन । त्यो भन्दा पारी समुद्रको विचमा महिनौ रहदा सुन्दर वाईकीकी, जुरासिक पार्क सुटिङ हुन सक्ने द हवाइन आइर्ल्याण्ड लेख्न सकिन । देखेका कति ओसोनियाका कल्चर, डान्स, फिजियन-टोङ्गा नाच¸कोकोनट कल्चरको अद्भुतता केही लेख्न सकिन । कोरिया डुलेर जेजु आइल्याडको सुन्दरता लुकाउने मैले यहि पूर्वमा पनि आग्रा-ताज, परिवर्तनको प्रतिक नोयडा¸अद्भुत अक्षरधाम मन्दिर तथा उत्तरमा मण्डारिन र चिनिया सभ्यताका ठाँउ र टिवटियन ईतिहासको प्रत्यक्ष साक्षि¸ भृकुटीले घर गरी खाएको लासा-तिवतियन फाट र पोतला पुरा घुम्दा त्यसलाई लेख्न सकिन । दुबै-कतार हेर्दा त्यहाका हाइराइज बिकास लेख्न सकिन । म लेख्न सक्ने मान्छे पनि होईन । तर आज जबरजस्त लेखेको छु ।
मतलब यो हो – दोलखा नलेखि रहन सकिन्न ।
एकपटक घुम्नुहोस यो ठाँउ – दोलखा नदेखी रहन सकिन्न ।।
यहाँ लेखमा भारी विषय उठान गरेको छु । सम्बोधन हुन सकेको छैन । थाहा छ । न्यारेटिभ मोड अफ स्टोरी टेलिङबाट प्रभावित भएकोले आफ्ना गन्थन बढी पस्के । सरी नभनेपनि अग्र प्याराग्राफमा उल्लेख गरेको छु । न साहित्य न राम्रो फ्रिक्सन । एउटा ब्लेन्डेड राईट अप । न फेद न टुप्पोको ।
तर अन्तमा यति भन्छु – ईफ यु ह्याब लेफ्ट दोलखा विथ द सिनरिज अन आईज एण्ड माईन्ड, ईट विल कल यु व्याक अगेन । दोलखा -आइ विल बि ब्याक अगेन ।