लोकप्रिय गायक तथा पछिल्लो समय चर्चामा रहेको साङ्गितिक रियालिटी शो ” द भोईस अफ नेपाल” का एक प्रमुख निर्णायक प्रमोद खरेलको आवाजमा रहेको “तिमी फूल हौं” बोलको गीत तथा इलामका अत्यन्तै रमणीय स्थानहरुमा छायांकन गरिएको एक उत्कृष्ट भिडियो सार्वजनिक भएको छ । प्रसिद्धि संगितकार राजकुमार बगरको संगित र बिरेन्द्र कुमार बलामीको शब्दमा तयार भएको उक्त भिडियोको निर्माण तथा बजार व्यवस्थापन एभरेष्ट ग्यालरीले गरेको छ । लोकप्रिय मोडल सनम कठायतसंगै भिडियोमा हिमा थापालाई आकर्षक मुन्द्रामा देख्न सकिन्छ। अन्जन शर्माको निर्देशन , टेकेन्द्र शाहको सम्पादन र मुकेश हुमागाइको छायांकन रहेको उक्त गीत रिलिज पुर्वनै टिकटकमा चर्चामा छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।