शनिबार, साउन ९ २०८३
ताजा अपडेट

तोडफोड गर्ने सांसद प्रमोद साह निर्दोष ठहर


  • शुक्रबार, कार्तिक १ २०७६
21.8K
SHARES

जनकपुर विमानस्थलमा नीजी क्षेत्रका हवाई कम्पनी बुद्ध एयरको क्षेत्रीय कार्यालयमा तोडफोड गरेको अभियोगमा मंगलबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेका राष्ट्रिय जनता पार्टी (राजपा)को तर्फबाट सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद प्रमोद साह थुनामुक्त भएका छन् ।

उनलाई अभियोगमाथि प्रहरीबाट पेश गरिएको मिसिलमाथि धनुषा जिल्ला भएको थुनछेक बहसपछि साह निर्दोष ठहरसहित साधारण तारेखमा रिहा भएका हुन् । बहस अदालतको इजलास नम्बर–३ मा भएको थियो । न्यायाधीश तेजनारायण पौडेलको इजलासले साहलाई सादा तारेखमा थुनामुक्त गर्न आदेश दिएको हो ।

साह रिहा भएसँगै राजपाद्वारा घोषित शनिबारको धनुषा जिल्ला बन्दको कार्यक्रमसमेत राजपा नेपाल धनुषाले फिर्ता लिएको छ । साहविरुद्ध जनकपुर नागरिक उड्डयन कार्यालय धनुषाको प्रमुख सन्तोष ढकालले जाहेरी दिएका थिए । आइतबार जनकपुरबाट काठमाडौं आउने क्रममा बुद्धएयरले निर्धारित समयभन्दा दुई घण्टा उडान ढिलाई गरेपछि साहले कार्यालयका कर्ममचारीसँग आक्रोश पोखेका थिए ।

सैनिक हवाई उडान ऐनले व्यवस्था गरेको उडानसम्बन्धी कसुरमा मुद्दा चलाइएको थियो । ७ देखित ११ वर्षसम्मको कैद सजायँको माग मुद्दाका पक्ष ढकालले गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा