रौतहट घर भएका ३५ वर्षीय फुर्वा मोक्तान मलेसियामा रेष्टुरेन्ट चलाउथे, उनि मलेसियामै भएको बेला एक दिन उनको म्यासेन्जरमा डाइरेक्ट म्यासेज आउछ ।
हेलो भनेर, म्यासेज हेरेका फुर्वाले त्यसको जवाफ आफ्नै भाषामा फर्काउछन्, लासो, फ्याफुल्ला नमस्कार हजुर भनेर । त्यति लेखेका फुर्वाले फेरि थप्छन् । के सेवा गर्न सक्छु भनेर । त्यसपछि उताबाट जवाफ आउछ, हैन यतिकै तपाईको समाजसेवा बाट प्रभावित छु साथी वन्न सक्छु भनेर ।
यसअघिनै केटीले आफु पनि तामाङ भएको जानकारी गराइसकेकी हुन्छिन् । कुराको सिलसिला थोरै अगाडि बढ्छ । केटीको म्यासेज पछि फुर्वाले तामाङ भाषामा लेखेर पठाउछन् तर उता बाट नेपालीभाषा प्रयोग भएपछि फुर्वाले सोध्छन् तिमी त तामाङ हैन रहछौ । फुर्वाको कुरा सकिन नपाउदै केटीले जवाफ फर्काइहालिन्छन् नभए मेरो फेसबुकको प्रोफाइल चेक गर्नुन । उताबाट यति कुरा भएपछि फुर्वाले फेसबुकमा सर्च गर्छन् भेट्दैनन् र भन्छन हामी त साथीनै रहेनछौ लगतै केटीले फ्रेण्ड रिक्वेष्ट पठाउछिन् ।
फ्रेण्ड रिक्वसट एसेप्ट गरेर फुर्वाले केटीको प्रोफाइल हेर्न थाल्नछन्. । उमेरले २५/२६ वर्षकी देखिने युवतीको रुप र यौवन देखेर फुर्वा लठ्ठ पर्छन् ।
राम्री केटी देखेका फुर्वाले मौका छोप्दै कुरा छेड्छन् म पनि विहे गर्ने उमेरको भाको छु धेरै नजिस्क है तिमी कसकी श्रीमती, बुहारी हौ भन्छन् ।
केटीको विषयमा घुमाउरो शैलिमा बुझ्न खोजेका फुरुवाका लागि पनि ढुङगा खोज्दा देउता मिल्यो भनेजस्तै केटीले आफु अविवाहित भएको बताउछिन् । त्यतिकैमा उनले थप्छिन् आफु पनि राम्रो केटा पाए विवाह गर्ने तयारीमा रहेको जापानमा बसेर व्यवशाय गरिरहेको भन्छिन् ।
यति भएपछि अव सुरु हुन्छ फुर्वाको जिन्दगीको प्रेम कहानी । यो क्रम निरन्तर चलिरहन्छ । सामाजिक सञ्जाल मार्फक उनिहरु दिनरात कुरा गर्न थाल्छन् । फोन र म्यासेजकै भरमा दुई अपरिचित युवा युवतीको प्रेम झाँगिदै जान्छ । माया प्रेममा डुवुल्की मार्दै गरेका यी जोडिबीचको संवादमा नभेटिकनै फुर्वाले बच्चा जन्माउने सम्मको योजना सुनाउछन् । फुर्वाको योजना मुताविक हुन्छ भन्दै अगाडि बढेकी युवतीले फुर्वालाई विहेको प्रस्ताव राख्छिन् ।
युवतीको प्रस्ताव स्विकारेका उनले कुण्डली हेरेर सबै कुरा मिले विवाह गर्ने भन्छन् । कुण्डलीको कुरा आएपछि फिल्मी शैलीमा फुर्वाको जिन्दगीमा चक्रव्युह रचेर जाल हान्दै गरेकी युवतीले फुर्वासँग विहेको लागि नमिलेकै जन्मकुण्ड पनि मिलाइदिन्छीन् । घटना २०२१ जनवरीको हो ।
जनवरीबाट सुरु भएको कुराकानी फेब्रुअरीमा आइपुग्दा प्रेमसँगै विवाहमा आइपुग्छ । विहेगर्न राजी भएपछि उनिहरु दुवै जना नेपाल आउने तयारी हुन्छ यही बीचमा युवतीले आफ्नो समस्या सुनाउछिन् । आफुलाई ढाडमा समस्या भएर काम नगरेको तर व्यवशाय भाईहरुले समालिरहेको भनेर । उनले आफुले काम नगरेकाले अहिले धेरै पैसा नभएकाले आउन समस्या रहेको जानकारी गराउछिन् ।
यही संम्वादका बीच मलेसियामा राम्रो व्यववाशाय गरिरहेका फुर्वाले उनलाई जापानबाट नेपाल ल्याउनका लागि पहिलो पटक ८ रुपैया उनको आमाको नाममा पठाइदिए । पैसा पठाएर फुर्वाले प्रेम दिवस अर्थात फेब्रुअरी १४ तारिखका दिन विवाह गर्न अनुरोध गरे । हुन्छ भनेकी उनि त्यस दिन टिकट नपाएको बहानामा नेपाल आईनन् तर फुर्वा भने १३ तारिखमै नेपाल आइसकेका थिए ।
फेब्रुअरी १९ तारिखमा नेपाल झरेकी उनलाई भेट्न एयरपोर्ट पुगेका फुर्वाले पहिलोभेटमा एयरपोटमै साढे ४ तोलाको सिक्री लगाईदिए । आफ्नो जीवनसाथी सम्झिएर एयरपोटमै साढे चार तोलाको सिक्रिले स्वागत गरेका फुर्वा र ती युवती बीच २०७७ साल फागुन ७ गते विवाह भयो ।
विवाहका लागि फुर्वाले दुलही, उनकी आमा र दिदीको लागि झण्डै २५ तोला सुन, किने अन्य खर्चको लागि भन्दै उनले थप १५ लाख खर्च गरे ।
विवाह गरेर भित्रिएको तीन दिन पछि माइतीमा समस्या आयो भनेर माइत गएकी उनि एकाएक फोन स्विच अफ गरेर सम्पर्क विहीन भईन् । श्रीमती सम्पर्कमा नभएपछि छटपटिएका फुर्वा के भयो भन्दै खोजीमा लागे । तर अहिले बुझ्दै जाँदा उनि यो बीचको तीन दिनको समयमा अर्को श्रीमानसँग डिभोर्स गर्न गएको फुर्वा दाबी गर्छन् ।
फुर्वा मोक्तानले भावना तामाङविरुद्ध १ करोड ४५ लाख रुपैयाँ बराबरको सम्पत्ति हडपेको भन्दै असार १० गते शुक्रबार भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।
अदालतले अभियोगपत्र मिसिल संलग्न तथ्य र प्रमाणका आधारमा तत्कालप्राप्त प्रमाणबाट भावना निर्दोष नदेखिएको भन्दै उनलाई पुर्पक्षका लागि थुनामै पठाउन आदेश दिएको हो ।
अदालतको आदेशमा भनिएको छ, ‘प्रस्तुत मुद्दामा मिसिल संलग्न जाहेरी दरखास्त, जाहेरवाला फुर्वा मोक्तानले गरेको कागज, घटना विवरण कागज गर्ने मानिसहरुले गरेको कागज, बैंकमा रकम जम्मा गरेको भौचर, मोबाइल च्याट, विभिन्न फोटोहरु, निज प्रतिवादीले अनुसन्धानका क्रममा र यस अदालतमा गरेको बयान बेहोरा समेतका तत्काल प्राप्त प्रमाणको मूल्यांकन गर्दा यी प्रतिवादी अहिले नै निर्दोष रहेको भन्ने सकिने अवस्था देखिन आएन । तसर्थ, पछि प्रमाण परीक्षण गर्दै जादा ठहरे बमोजिम हुने नै हुँदा हाल यी प्रतिवादी भावना तामाङलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम मुद्दा पूर्पक्षको लागि कानुन बमोजिम सिदा खान पाउने गरी कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौंमा थुनामा राख्न पठाइदिनु ।’
भिडिओमा हेर्नुहोस्ः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।