शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

‘द कश्मीर फाइल्स’ का निर्देशक विवेक अग्निहोत्रीलाई किन दिईयो ‘वाई’ श्रेणीको सुरक्षा ?


  • शनिबार, चैत्र ५ २०७८
12.4K
SHARES

काठमाडौ । बलिउडमा यतिबेला कश्मिरी पण्डितहरूको कथामा आधारित फिल्म ‘द कश्मीर फाइल्स’ चर्चामा छ । यो फिल्मलाई निर्देशक विवेक अग्निहोत्रीले निर्देशन गरेका हुन् । यो फिल्मलाई जति दर्शकहरुले पराइरहेका छन्, त्यतिले नै यस फिल्मको विरोध पनि गरिरहेका छन् ।

अधिकांश दर्शकहरुले फिल्मको विरोध जनाइरहेको अवस्थामा भारत सरकारले निर्देशक विवेक अग्निहोत्रीलाई सीआरपीएफ कभरसहित भारतभर ‘वाई’ श्रेणीको सुरक्षा दिएको छ ।

फिल्ममा देखाइएको छ कश्मिरी पण्डितहरुको पीडा

फिल्ममा सन् १९९० मा कश्मिरी पण्डितहरुको नरसंहारलाई प्रस्तुत गरिएको छ । अधिकांश शहरका सिनेमा हलहरूमा हाउसफुल शोहरू चलिरहेका छन् । निर्देशक अग्निहोत्रीले फिल्ममार्फत् घर–घर हिंसाको कथालाई जनतासामु ल्याएका छन् ।

फिल्ममार्फत् कश्मिरी आतंककारी बलहरूको पर्दाफास गरिएको छ । त्यसपछि कश्मिरियत र कश्मीरमा शान्तिको कुरा गर्ने दुईमुखी मानिसहरू निर्देशक अग्निहोत्रीप्रति निकै आक्रोशित भएका छन् । उनीहरुले विवेक अग्निहोत्रीलाई धम्की दिइरहेका बताइएको छ ।

केही राज्यले गरे कर फ्री

पछिल्ले समय कश्मीरका फाइलहरू भारतभर चर्चामा छन् । कश्मीर फाइल्समा अभिनेता अनुपम खेर, पल्लवी जोशी र मिथुन चक्रवर्तीलगायतले अभिनय गरेका छन् ।

फिल्मलाई हरियाणा, उत्तराखण्ड, उत्तर प्रदेश, मध्य प्रदेशलगायत धेरै राज्यमा करमुक्त घोषणा गरिएको छ । यसैबीच, केहीले यसलाई भारतभर नै करमुक्त बनाउन माग गरिरहेका छन् । फिल्म हेर्ने अधिकांशले यो फिल्मले १९९० को दशकमा कश्मिरी पण्डितमाथि भएको अत्याचारलाई चित्रण गरेको बताउँछन् ।

बक्स अफिसमा उत्कृष्ट कमाइ

फिल्मले रिलिजको छैटौं दिन बुधबार बक्स अफिसमा १९ करोडको कलेक्सन गरेको छ । यो फिल्मले एकै दिनमा अहिलेसम्मकै धेरै कमाइ गरेको हो । किनभने मंगलबार मात्रै फिल्मले १८ करोड कमाएको थियो । अब छिट्टै यो फिल्म १०० करोड क्लबमा प्रवेश गर्न लागेको छ । अभिनेता अनुपम खेर पनि यो फिल्मको कमाईको आँकडाबाट निकै खुसी छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा