शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

प्रभास र कृति अभिनित ‘आदिपुरुष’को प्रदर्शन मिति घोषणा


  • बुधबार, फाल्गुन १८ २०७८
8.9K
SHARES

एजेन्सी । दक्षिण भारतीय सुपरस्टार प्रभास अभिनित फिल्म ‘आदिपुरुष’को प्रदर्शन मिति घोषणा गरिएको छ ।

महाशिवरात्रीको दिन पारेर फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । फिल्म सन् २०२३ जनवरी १२ तारिखदेखि प्रदर्शनमा आउने निर्देशक ओम राउतले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभयो ।

प्रभास र कृति सेनन अभिनित फिल्म सुरुमा ११ अगस्ट २०२२ मा प्रदर्शन गर्ने भनिएको थियो । तर, आमिर खानको फिल्म ‘लालसिंह चढ्डा’ पनि सोही मितिमा प्रर्दशन हुने भएपछि निर्देशक राउतले फिल्मको प्रदर्शन मिति सारेका हुन् ।

३ सय ५० देखि ४ सय करोड रुपैयाँको लगानी रहेको फिल्ममा प्रभास र कृतिसँगै सेफ अलि खान र देवदत्त नागेको समेत अभिनय छ । फिल्मको कथालाई वाल्मिकीको रामायणबाट लिइएको हो ।

फिल्ममा प्रभासले श्रीरामको भूमिका निभाएका छन् भने सेफ अलि खानले रावणको अवतारमा देखिँदैछन् । कृति भने जानकीको भूमिकामा देखिएकी छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा