काठमाडौं – सञ्चारकर्मी एवं गायक जनक ताम्राकारले ‘लाउँदिन’ बोलको नयाँ गीत बजारमा ल्याएका छन् । उनले बुधबार आफ्नै यूट्युब च्यानलबाट उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् ।
यो गीतमा जनक एक्लैले स्वर दिएका छन् । उक्त गीतमा महेश ताम्राकारले शब्द संगीत भरेका छन् । नेपाली सांगीतीक बजारमा भिन्नै खालको स्वाद दिँदै आएका ताम्राकार बन्धुले यस गीतमा पनि डोटेली र नेपाली शब्द संगीतको समीश्रण गरेको पाइन्छ। यो गीत झट्टै सुन्दा क्लासिक फिल र फरक रिदम पक्रेको देखिन्छ। यस गीतलाई शैलेन्द्र एम प्रधानले एरेन्ज गरेका छन् भने बिजु कर्माचार्यले मिक्स मास्टर गरेका हुन्। उक्त गीतको म्यूजिक भिडियोमा जनक र मनिता गहतराजको अभिनय रहेको छ। यस गीतको छायाकंन तथा सम्पादन प्रकाश जोन तामाङले गरेका छन् ।
डडेल्धुराको अमरगढी–६ दुमडामा जन्मेका जनक अहिले सञ्चारकर्मसँगै गीत संगीत क्षेत्रमै आफ्नो भविष्य खोजिरहेका छन् । जुनकिरी, ठेगाना भेटियो, काफल खान्या कुइयाँ, लौलौ सररर बोलका गीत बजारमा ल्याइसकेका छन् । विगतमा बजारमा ल्याएका गीतलाई दर्शक, स्रोताले मनपराएकाले यो नयाँ गीतलाई पनि स्रोताले उत्तिकै माया गर्ने अपेक्षा लिएको उनले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।