शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

बलिउड अभिनेता सलमान खान नेपाल आउँदै


  • बिहिबार, फाल्गुन ५ २०७८
11.3K
SHARES

फाईल तस्बिर

बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन् । सलमानसहितका बलिउड सेलिब्रिटीहरू नेपाल आउन लागेका हुन् ।

उनीहरू आउँदो वैशाख ३ गते दशरथ रंगशालामा हुने सांस्कृतिक कार्यक्रमका लागि नेपाल आउन लागेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखाका सहसचिव सुरेश श्रेष्ठले जानकारी दिए ।

सलमानसहितका कलाकारहरूलाई नेपाल ल्याउन रकम भुक्तानी अनुमति दिन संस्कृति मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई सिफारिस गरिसकेको पनि उनले जानकारी दिए ।

पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने आसमा मन्त्रालयले सहजीकरण गरेको उनी बताउँछन् । “पहिलो त हाम्रो जिम्मेवारी नै हो, सांस्कृतिक कार्यक्रमहरू मन्त्रालयले नै हेर्ने हो । सहजीकरण गर्ने र पर्यटन प्रवर्द्धन हुन्छ भनेर पनि दिएको हो,” उनले भने, “हिजो बुधबार मन्त्रालयले राष्ट्र बैंकलाई रकम भुक्तानीका लागि अनुमति दिन सिफारिसपत्र पठाएको हो । यसले ठप्प रहेको आन्तरिक र बाह्य दुवै पर्यटनमा टेवा पुग्छ कि भन्ने अनुमान हामीले गरेका हौँ ।”

ओडीसी इन्टरटेन्मेन्टले सलमानसहित बलिउड टिमलाई नेपाल ल्याउन लागेको हो । यो त्यही आयोजक टिम हो, जसले तीन वर्षअघि ‘दबंग–द टुर नेपाल’ कार्यक्रममार्फत सलमानलाई नेपाल ल्याउन खोजेको थियो । तर, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीले कार्यक्रम गर्न नदिने धम्की दिएपछि रद्द भएको थियो । टिकट बिक्री भइसकेर अन्तिम समयमा कार्यक्रम रद्द गरिएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा