२० पाैष, काठमाडौँ ।
गायक लिला श्रेष्ठले आफ्नो नयाँ लोक दोहोरी गीत मन थियो भेट्नलाई सार्वजनिक गरेका छन् । त्रिपुरा म्युजिक मार्फत शनिबार श्रेष्ठको नयाँ गीत सार्वजनिक गरेका हुन् ।
गीतमा लिला श्रेष्ठ र पार्वती कार्कीको स्वर रहेको छ । संगीत लिला श्रेष्ठ, एरेञ्ज रामकृष्ण थापाको रहेको छ ।
गीतको म्युजिक भिडियोमा सञ्जिब ठकुरी र आयुष्मा कार्कीले अभिनय गरेका छन । म्युजिक भिडियोलाई सञ्जिब ठकुरीले निर्देशन गरेका हुन् ।
‘पछिल्लो पुस्ताको माया, प्रेमलाई जोडेर गीत बनाएका छौँ ।’ गायक श्रेष्ठ भन्छन्, ‘गीतले छोटो समयमा नै राम्रो चर्चा कमाएको छ । आशा छ विगतका गीतहरुले जस्तै सफलता प्राप्त गर्नेछ ।’
भिडियामा हेर्नुहोस्ः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।