काठमाडौं । निर्देशक समिर जोशीको निर्देशनमा सत्य कथामा आधारित टेलिशृंखला ‘मेरो एउटा प्रेमकथा’ निर्माण हुने भएको छ ।
समिर जोशी हाल प्रशारणमा रहेको टि सिरिज स्टेज वर्क ट्यालेण्ट हन्ट, टेलिशृंखला- खै कुरा बुझेको ? तथा चम्सुरीसँग चिया गफका निर्देशक हुन् । उनकै निर्देशनमा सत्यकथामा आधारित टेलिशृंखला मेरो एउटा प्रेमकथा निर्माण हुने भएको हो ।
उक्त कथा (टेलिशृंखला) भने आमदर्शकले पठाएको आफ्नै प्रेमकथामा आधारित हुने निर्देशन जोशीले बताए । साथै टेलिशृंखलामा विभिन्न सेलेब्रेटी तथा अन्य चर्चित व्यक्तिहरुको प्रेमकथा समेत प्रस्तुत गरिनेछ ।
डिजी पेको प्रस्तुती र सानु मुभी र विनभ क्रियशनद्वारा निर्माण हुने उक्त टेलिशृंखलाको छायांकन बिनोद श्रेष्ठले गर्नेछन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।