शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

गृहयुद्ध रोक्न सत्ता कब्जा गर्‍यौं, प्रधानमन्त्री मेरै घरमा छन् : सुडानी सेनाप्रमुख


  • बुधबार, कार्तिक १० २०७८
9.6K
SHARES

फाइल तस्विर

सुडानका सेनाप्रमुख जनरल अब्देल फताह अल बुर्हानले सत्ता कब्जा गर्ने कदमको बचाउ गरेका छन् । उनले गृहयुद्ध रोक्नका लागि सरकारलाई अपदस्थ गरिएको बताए । अपदस्थ प्रधानमन्त्री अब्दल्ला हाम्दोकलाई आफ्नै घरमा राखेको पनि बुर्हानले बताए ।

‘प्रधानमन्त्री उनकै घरमा थिए । यद्यपी, हामीलाई उनी खतरामा छन् भन्ने लाग्यो । त्यसपछि मैले मेरै घरमा ल्याएर राखेको छु ,’ उनले भने । यता, सेनाले सत्ता कब्जा गरेलगत्तै प्रदर्शनकारीहरुले सडक तताएका छन् । यसक्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच ठूलो मुडभेड भएको छ ।

‘सुरक्षाकर्मीविरुद्ध आक्रामक बनिरहेका नेताहरुलाई पन्छाउनुबाहेक अर्को विकल्प सेनासँग थिएन,’ सत्ता हातमा लिएयता पहिलोपटक पत्रकार सम्मेलनमा बोल्दै जनरल बुर्हानले भने,‘ गत साता हामीले देखेको खतराले हाम्रो देशलाई गृहयुद्धतर्फ धकेल्न सक्थ्यों । यसलाई रोक्नकै लागि सेनाले यो कदम चाल्यो ।’ हल्लाका पछाडि नलागौ उनले भनेका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा