भारतको पश्चिम बंगालमा मंगलबार (आज) बिहान भूकम्प गएको छ। भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार बिहान ६ बजेर १० मिनेटमा बंगालको खाडी केन्द्रबिन्दु भएर ५.१ रिक्टर स्केलको भूकम्प गएको हो।
भूकम्पको केन्द्रबिन्दु बंगालको खाडीमा ९१ किलोमिटर गहिराइमा थियो। क्षतिको विवरण आइसकेको छैन।
यसअघि फेब्रुअरी १७ मा बिहान ५:३६ बजे दिल्ली-एनसीआरमा ४.० म्याग्निच्युडको भूकम्प गएको थियो।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।