शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

प्रमोद खरेलको नयाँ गीत ‘निश्ठुरी’ सार्वजनिक (भिडियो)


  • सोमबार, कार्तिक १ २०७८
14.1K
SHARES

१ कात्तिक, काठमाडौँ ।
विगत ५ वर्षदेखि अमेरिकामा रहेका निर्देशक एवं कलाकार बरुण अधिकारी अहिले नेपाल आएका छन् । एक दशकसम्म नेपाली हास्य टेलिसिरियल, म्युजिक भिडियो हुँदै नेपाली फिल्मको निर्देशन गरेका अधिकारी अमेरिकाको बसाइलाई केही समयको विश्राम लिँदै असोजको दोस्रो साता नेपाल आएका हुन् ।

उनी आए लगतै एउटा म्युजिक भिडियो सार्वजनिक गरेका छन् । उनको अभिनय एवं निर्देशनमा सोमबार म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । म्युजिक भिडियोमा अधिकारीलाई अहिलेकी चर्चित मोडल बिना राउतले साथ दिएकी छिन् ।

‘निश्ठुरीले’ बोलको उक्त गीतमा प्रमोद खरेलको आवाजमा रहेको छ । म्युजिक भिडियोको एसोसिएट डाइरेक्टरमा माधव शर्मा रहेका छन् ।
‘पछिल्लो पुस्ताको माया, प्रेम तथा बिछोडको कथालाई समेटेर म्युजिक भिडियो निर्माण गरेका छौँ ।’ अधिकारीले भने, ‘आशा छ बिना र मेरो रिलको जोडिलाई दर्शकहरूले मन पराउनु हुनेछ । राम्रो मेहनत गरेका छौँ । परिणाम पनि राम्रो हुन्छ भन्ने आशा सहित दर्शकहरूको माझमा ल्याएका छौँ ।’

म्युजिक भिडियोलाई एबी फिल्मी नेपाल च्यानलबाट सार्वजनिक गरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा