शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

इजरायलको रोजगारीका लागि १६०० जना सिफारिस


  • आइतबार, असोज १० २०७८
9.8K
SHARES

फाईल तस्बिर

रोजगारीका लागि इजरायल जान इच्छुकहरुमध्ये भाषा र अन्तरवार्ता परीक्षामा पास भएका एक हजार ६00 जनाको नाम सरकारले सार्वजनिक गरेको छ ।

वैदेशिक रोजगार विभागले भाषा परीक्षा पास भएर अन्तरवार्तामा सहभागीहरुमध्ये एक हजार ६ सय जनाको नाम आइतबार बिहान सार्वजनिक गरेको हो । इजरायलले नेपाली कामदार लैजाने कोटा भने एक हजार ४ सय छ ।

१६ सयमध्येबाट अब इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआइबीए)ले कामदार छनोट गर्नेछ । छनोटमा परेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता भएपछि उनीहरु इजरायल जान पाउनेछन् ।

इजरायलको रोजगारीका लागि लिइएको भाषा परीक्षामा ६ हजार ३१७ जना सहभागी भएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा