शनिबार, साउन ९ २०८३
ताजा अपडेट

‘गुलाबो सिताबो’मा अमिताभको यस्तो लुक्स


  • शुक्रबार, असार ६ २०७६
35.3K
SHARES

बलिउडका चर्चित नायक अभिताभ बच्चन अहिले नयाँ चलचित्र ‘गुलाबो सिताबो’को छायांकनमा व्यस्त छन् ।

यो चलचित्रलाई सुजित सरकारले निर्देशन गरिरहेका छन् । चलचित्रको काम भैरहँदा यसको निर्माणपक्षले नायक बच्चनको लुक्स सार्वजनिक गरेको छ ।

सार्वजनिक तस्विर हेर्दा जो कोहीलाई पनि अभिताभलाई चिन्न गाह्रो हुन्छ । लामो र सेतो दाह्री, आखाँमा गोलो चश्मा, गलबन्दी ओडेको तस्वीरमा अमिताभलाई भिन्न रुपमा देखाइएको छ । इन्टरनेटमा सार्वजनिक भएसँगै अमिताभको यो लुक्सको चर्चा भैरहेको छ ।

केही समय अगाडि अन्तरवार्तामा अभिताभले भनेका थिए–‘छिट्टै नयाँ चलचित्र, नयाँ लुक्स, नयाँ कथा र नयाँ प्रस्तुती लिएर आउनेछु ।’ त्यसलाई सार्थक बनाउनको लागि अभिताभले आफ्नो लुक्समा धेरै मिहिनेत गरेको देखिन्छ । चलचित्रमा अभिताभ बच्चनसँगै आयुष्मान खुरानाको पनि मुख्य भूमिका रहनेछ । निर्माण पक्ष र आयुष्माँनबीच केही समय अगाडि नै लिखित सम्झौता भइसकेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा