शनिबार, साउन ३० २०८३
ताजा अपडेट

२१ वर्षीया पूजा सबैभन्दा धेरै मतका साथ कांग्रेस क्षेत्रीय प्रतिनिधिमा निर्वाचित


  • बिहिबार, भाद्र २४ २०७८
10.7K
SHARES

फाइल तस्विर

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडान नम्वर ३ की २१ वर्षीया पूजा फुयाँल नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि पदमा निर्वाचित भएकी छिन् । कांग्रेसको वडा अधिवेशसनमा खसेको दुई सय ६३ मतमध्ये पूजाले सबैभन्दा धेरै अर्थात् दुई सय दुई मत प्राप्त गर्दै निर्वाचित भएकी हुन ।

उनी कक्षा नौ पढ्दा नै हिमाल दर्शन मावि, नेचाको नेविसैघ इकाइ सभापति बनेकी थिइन् । उच्च शिक्षा अध्ययनको क्रममा उनी २०७३ सालमा सानोठिमि क्याम्पस भक्तपुरको स्ववियु सदस्यमा निर्वाचित भइन्। पूजा अहिले नेविसङ्घ सोलुको कोषाध्यक्ष र जीपी कोइराला फाउन्डेशनको जिल्ला सहसचिव हुन् ।

क्षेत्रीय प्रतिनिधि जितेसँगै राजनीतिमा युवाहरूको भविष्यप्रति आशा जागेको छ । उनी भन्छिन्, ‘कांग्रेसमा ५० कटेकालाई युवा नेता मान्नुपर्ने विवशतालाई अब हाम्रो पुस्ताले तोड्नुपर्छ ।’

५२ वटा वडा रहेको सोलुखुम्बुमा दुई वटा वडामा मात्र नेपाली कांग्रेसको नेतृत्व चयन भएको छ । चुनाव भएको नेचासल्यान गाउँपालिका नेपाली कांग्रेसको सबैभन्दा बढी क्रियाशील सदस्य भएको वडा हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा