
काठमाडौं ।
पछिल्लो समय ‘गलबन्दी’ गीतबाट चर्चामा रहेका गायक / सर्जक प्रकाश सपुतलाई आइजिपी सर्वेन्द्र खनालले फोन गरेर बधाई दिनुभएकाे छ । खनालले ‘गलबन्दी’ जस्तो मौलिक गीत पस्केकोमा धन्यबाद दिँदै निरन्तरताकाे लागि शुभकामना दिनुभएकाे हाे ।
गायक सपुतले ‘म जहाँ पुगेको छु त्यहाँ केबल ‘गल्बन्दी’को सफलताको चर्चा मात्रै नभइ लोक संगीत र मौलिकताले आफूलालाई दराे बनाएकाे फेसबुकमा लेख्नुभएकाे छ । ‘गलबन्दी’ अहिले नेपालकाे युट्युब ट्रेन्डिङकाे पहिलाे नम्बरमा छ । गीतलाई अहिलेसम्म ८० लाख भन्दा धेरैपटक हेरिसकिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।