शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सलमानले आफ्नो सबै रेकर्ड तोडे


  • बिहिबार, जेष्ठ २३ २०७६
29.9K
SHARES

इदको अवसर पारेर जुन ६ देखि प्रदर्शनमा आएको सलमान खानको फिल्म भारतले पहिलो दिन बम्पर ओपनिङ गर्दै रेकर्ड बनाएको छ।

फिल्मले बर्ष २०१९ मा प्रदर्शनमा आएको सबै बलिउड चलचित्रको पहिलो दिनको कमाइको रेकर्ड तोडेको छ ।

खानको फिल्म बर्षेनि इदको अबसर पारेर रिलिज गरिन्छ। भारतले बर्ष २०१९ कै सबैभन्दा बढि ४२।३० करोडको ओपनिङ गरेको छ। यो बर्ष प्रदर्शनमा आएको कलङकले २१।६० करोडको ओपनिङ गरेको थियो।

भारतको यो ओपनिङले खानको अघिल्ला फिल्मले बनाएका सबै ओपनिङ रेकर्ड तोडेको छ । खानको प्रेम रतन धन पायोले ४०।३५ करोडको ओपनिङ गरेको थियो साथै खानकै सन् २०१६ मा प्रदर्शनमा आएको चलचित्र सुल्तानले ३६।५४ करोडको ओपनिङ गरेको थियो ।

भारत विश्वभरिका करिब ६ हजार भन्दा बढि हलहरुबाट प्रदर्शन भइरहेको तरण आदर्शले जानकारि दिएका छन् । फिल्मलाइ अलि अब्बास जफरले निर्देशन गरेको छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा