शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

शाहरुख खानको नयाँ फिल्ममा साउथ अभिनेत्री नयनतारा


  • बिहिबार, साउन ७ २०७८
13.4K
SHARES

फाइल तस्विर

बलिउड अभिनेता शाहरुख खानको नयाँ फिल्म आउने भएको छ । उनले चर्चित निर्देशक एटलीसँग काम गर्ने भएका हुन् । केही महिनापछि नै फिल्मको शुटिङ सुरु हुने भएको छ । उक्त फिल्मका लागि अभिनेत्रीको नाम पनि तय भएको छ ।

शाहरुख खानको प्रोडक्शन हाउस रेड चिलीजको फिल्ममा साउथ इन्डियन अभिनेत्री नयनतारालाई लिइने भएको छ । समाचारका अनुसार फिल्मका लागि नयनताराले हस्ताक्षर गरिसकेकी छन् । निर्देशक एटलीले उक्त फिल्म धेरै भाषामा बनाउने बताएका छन् ।

फिल्ममा शाहरुख खानले दोहोरो भूमिका निर्वाह गर्ने जानकारी गराइएको छ भने नयनताराको भूमिका कस्तो रहने भन्ने विषयमा खुलासा गरिएको छैन । उक्त फिल्म सन् २०२१ को अन्तसम्म शुटिङ गरिनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा