शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

इन्टरनेटमा लिक भयो सलमानको ‘राधे’, प्रहरीमा उजुरी


  • सोमबार, जेष्ठ ३ २०७८
14K
SHARES

फाईल तस्बिर

बलिउड अभिनेता सलमान खानको नयाँ फिल्म ‘राधे’ आधिकारिक डिजिटल प्लेटफर्म रिलिज भएको केही समयमै अनलाइनमा लिक भएको छ।

‘राधे: योर मोस्ट वान्टेड भाइ’ फिल्म इदको अवसरमा मे १३ मा रिलिज भएको थियो। तर त्यसको केही समयमै लिक भएर विभिन्न अनलाइनले राखेपछि सलमानका फ्यानहरूले सामाजिक सञ्जालमार्फत् उनलाई जानकारी गराएका थिए।

अनाधिकृत रूपमा फिल्म अपलोड गरेको पाइएपछि सलमानले ट्वीटरमार्फत् त्यस्तो नगर्न चेतावनी दिएका थिए। फिल्म पाइरेसी गर्नेलाई मुद्दा हाल्ने उनले बताएका थिए।

जी इन्टरटेनमेन्ट इन्टरप्राइजेज लिमिटेडले फिल्म अनाधिकृत रूपमा अपलोड भएको भन्दै प्रहरीको साइबर सेलमा उजुरी हालिसकेको जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ।

प्रभु देवाले निर्देशन गरेको ‘राधे’मा सलमानसँगै दिशा पटानी, रणदीप हुड्डालगायत कलाकारको अभिनय छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा