शनिबार, साउन ९ २०८३
ताजा अपडेट

आजदेखि कालिमाटी तरकारी बजार बन्द


  • मंगलबार, बैशाख २८ २०७८
16.3K
SHARES

फईल तस्बिर

कालिमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ। मंगलबार समितिले निकालेको सूचना अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले तोकेको निषेधाज्ञा अवधिभरि बजार बन्द गरिने भएको छ।

कोभिड-१९ को जोखिम न्यूनिकरणका लागि कालिमाटी बजार विकास समितिले खुद्रा तथा कृषक बजार बन्द गर्ने निर्णय गरेको हो।समितिका अनुसार थोक बजारमा प्याकेजिङ गरेर  बिक्री वितरण गर्न पाइने छ। थोक पसलमा अधिकतम दुईजना बसी सामाजिक दूरी कायम गरेर बिक्री वितरण गर्न सकिनेछ।

बजार परिसरभित्र मोटरसाइकल, साइकल तथा ठेलागाडा लैजान पाइने छैन। ठूला कृषकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर अक्सन यार्ड वा होल्डिङ यार्डमा कारोबार गर्न सक्ने समितिले जनाएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा