कोरोना जोखिम तीब्र बनेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अत्यावश्यक कामबाहेक विमानस्थल प्रवेश नगर्न अनुरोध गरेको छ ।
साथै स्वदेश तथा विदेशबाट आउनेजाने आफन्तजनलाई बिदाइ र स्वागतमा पनि बन्देज लगाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय नागरिक उड्डयन कार्यालयले सूचना निकालेर कोरोना भाइरसको बढ्दो संक्रमणबाट बच्न र आफ्ना कर्मचारीलाई सुरक्षित राख्नका लागि सो अनुरोध गरेको हो ।
विमानस्थल प्रवेश गर्दा सरकारले जारी गरेको निर्देशन तथा स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्य पालना गर्न पनि विमानस्थल प्रशासनले अनुरोध गरेको छ ।
विमानस्थल आवात-जावत गर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, शरीरको तापक्रम मापन गराउने, सेनिटाइजरको प्रयोग, लाइनमा तोकिएको सांकेतिक पाइलामा उभिनु पर्ने, आन्तरिक तथा वाह्य जाने यात्रुले ट्राभलर डिर्पाचर फर्म भर्नु पर्नेलगायतका नियम कार्यान्यवन गर्न पनि भनिएको छ ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।