बुधबार, कार्तिक २६ २०८३
ताजा अपडेट

लिखु गाउँपालिकाका अध्यक्ष र वडा अध्यक्षलाई पर्यो बर्जपात, घर पुरै चट्याङले ध्वस्त पार्यो !


  • शुक्रबार, बैशाख ३ २०७८
8.2K
SHARES

फाईल तस्बिर

ओखलढुंगाको लिखु गाउँपालिका वडा नम्बर ८ मा चट्याङले गाउँपालिका अध्यक्ष र वडाध्यक्षको घर ध्वस्त बनाएको छ।

गए राति करिब १ बजेतिर चट्याङ परेर आगलागी भएपछि दुइटा घर ध्वस्त भएको हो।

गाउँपालिका अध्यक्ष गोविन्दबहादुर पौडेल र उनका भाइ वडा नम्बर ८ का वडाध्यक्ष विशालकुमार पौडेलको घर चट्याङले खरानी बनाएको छ।

मानवीय क्षति नभए पनि घर र घरभित्र भण्डारण गरिएका सामग्री जलेर नष्ट भएका छन्। गाउँपालिका अध्यक्ष पौडेलले चट्याङले दुइटा घर जलेर नष्ट भएको बताईएको छ।

जस्तापाताले छाएको घर चट्याङ लागेपछि आगलागी भएको थियो। मानबिय क्षती नभएपनि धनजनको भने धेरै क्षती भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा