
नायक आर्यन सिग्देललाई पुत्र लाभ भएको छ । शुक्रबार उनकी श्रीमति सपना भण्डारीले छोरोलाई जन्म दिएकी हुन् ।
अहिले सपना र बच्चा दुबैको स्वास्थ्य अवस्था राम्रो छ ।
बिबाहको पाचौ एनिभर्सरीकै दिन उनीहरुले छोरालाई जन्म दिएका छन् । आज भन्दा ५ वर्ष पहिला बैशाख ६ गते नै उनीहरु बैबाहिक जीवनमा बाँधिएका थिए । केही बर्ष प्रेममा रहेर आर्यन र सपनाले प्रेम बिबाह गरेका थिए । आर्यनले केही समय अगाडि नै आ गर्भवती श्रीमतीसँगको केही फोटोहरु सार्वजनिक गर्दै नयाँ वर्षमा आफ्नो सन्तानले जन्म लिने खुलाएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।