शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

‘बिरानो शहर’को छायांकन सम्पन्न


  • बुधबार, चैत्र २५ २०७७
24.4K
SHARES

काठमाडौँ ।
विगत डेढ दशकदेखी सांगिति क्षेत्रमा अनवरत रुपमा क्रियाशिल गायक, सम्पादक तथा निर्देशक प्रशान्त मिष्ट र गायक रविन बरालको संयुक्त प्रस्तुतीमा नयाँ रक ब्लुज गीत ‘बिरानो शहर’को छायांकन सम्पन्न भएको छ ।


प्रशान्त र रविनको संयुक्त आवाजमा तयार भएको उक्त गीतमा संगीत संयोजन दिपेश सिंह रहेका छ भने शब्द, संगीत रविन बरालको रहेको छ ।


गीतमा प्रशान्त मिष्टले म्युजिक भिडियोको निर्देशन गरेका छन् । आदित्य सिंह ठकुरी र सुप्रिया थापाको मुख्य भुमिका रहेको म्युजिक भिडियोमा शितल बस्नेत, मनिषा चित्रकार, काजोल चौधरी, युनिशा खत्री, रनिशा खड्गी लगायतले अभिनय रहेको छ । म्युजिक भिडियोको छायांकन समिट होटल र पाटन दरबार स्काइर गरिएको छ ।


म्युजिक भिडियोको सम्पादनको अन्तिम तयारीको कामहरु भइरहेको छ र केही दिनमा नै गीतको रिलिज गरिने जनाइएको छ ।
म्युजिक भिडयोलाई बशन्त महर्जनले छायांकन गरेका छन् भने श्रृंगार राजु वाइवाले गरेका हुन् ।

गायक प्रशान्त मिष्टले केहि दिन आगाडी मात्र ‘स्पर्श–२’ नामक गीतलाई सार्वजनिक गरेका थिए ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा