शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

टिकटकमा भाइरल बन्दै ‘ए मेरो हजुर ४’ को क्लाइमेक्स दृश्य


  • सोमबार, चैत्र २३ २०७७
12.9K
SHARES

‘ए मेरो हजुर ४’ को क्लाइमेक्स दृश्य

दर्शकमाझ सर्वाधिक प्रतिक्षित चलचित्र ‘ए मेरो हजुर-४’ आउँदो भदौ १८ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भनिएको छ । यो चलचित्रको अहिले छायांकन सकिएको छ । तर केहीदिन अघि काठमाडौँको ग्रान्डी अस्पतालमा गरिएको एक सिन लिक भएपछि यतिबेला टिकटकमा  भाइरल भैरहेको छ ।

चलचित्रका निर्माता सुनिल कुमार थापाले यो कुराको गुनासो गरेका छन् । उनले चलचित्रको छायांकनलाई गोप्य राख्नको लागि नै डेढ दर्जन प्राविधिक खटाएको तर त्यति गर्दा गर्दै कसैले कतैबाट भिडियो खिचेर भाइरल बनाइदिएको गुनासो पोखेका छन् । सुनिलले नेपालमा चलचित्र छायांकन गर्नको लागि आफ्नो स्टुडियो नभएकाले यस्तो समस्या निम्तिएको बताएका छन् ।

सार्वजनिक भएको सिनमा अनमोल बिरामीको भूमिकामा देखिएका छन् भने उनको कपाल पनि छोटो छ । अनमोलको यहि लुक्स लुकाउने सुनिलको प्रयास रहेको थियो । तर त्यति गर्दा गर्दै पनि उक्त सिन लिग भएर अहिले निर्माण टिम तनावमा रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा