शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

अभिनेत्री कंगना रनावतविरुद्ध मेट्रोपोलिटन मजिस्ट्रेड कोर्टले वारेन्ट जारी


  • सोमबार, फाल्गुन १७ २०७७
33.9K
SHARES

फाईल तस्बिर

मुम्बईको मेट्रोपोलिटन मजिस्ट्रेड कोर्टले अभिनेत्री कंगना रनावतविरुद्ध वारेन्ट जारी गरेको छ । बलिउडका प्रख्यात गीतकार तथा लेखक जावेद अख्तरको मानहानी मामलामा सुनुवाई गर्दै कोर्टले वारेन्ट जारी गरेको हो ।

दैनिक जागरणमा प्रकाशित समाचार अनुसार गत वर्ष जावेदले कंगनाविरुद्ध मानहानीको निवेदन दर्ता गराएका थिए । कंगनाले अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको सन्दर्भमा एक अन्तरवार्तामा बलिउडमा कथित रुपमा गुटबन्दीको चर्चा गर्दै जावेद अख्तरको नाम घुसाएर अपमानजनक टिप्पणी गरेकी थिइन ।

जावेदले कंगनाको यही आरोपविरुद्ध मानहानीको मुद्धा दर्ता गराएका थिए । सोमबारमात्र कोर्टले गीतकारको मामलामा सुनुवाई गरेको हो ।

यसअघि कोर्टले यो मामलाको सुनुवाई फेब्रुअरी १ मा गरेको थियो । त्यो समयमा कंगनालाई कोर्टमा उपस्थित हुन आदेश दिइएको थियो । तर उनी कोर्टमा आइनन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा