शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

प्याब्सकले अन्तरविद्यालय फुटसल प्रतियोगिता गर्ने


  • मंगलबार, फाल्गुन ४ २०७७
18.9K
SHARES

४ फागुन, काठमाडौँ ।
निजी तथा आवासिय विद्यालय संगठन (प्याब्सक) ले अन्तरविद्यालय फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।


मंगलबार पत्रकार भेटघाट कार्यक्रम गर्दै फुटसल प्रतियोगिता आयोजना गर्ने बारे जानकारी गराइएको हो ।
प्याब्सनमा आवद्ध विद्यालय विच हुने उक्त प्रतियोगितामा ३० विद्यालयहरुको सहभागि हुने जनाइएको छ ।


कपनमा रहेको ग्रिनह्विच फुटसलमा ५, ६ र ७ गतेसम्म प्रतियोगिता हुनेछ ।
विजयी प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने टिमलाई क्रमश नगद १० हजार, ७ हजार, ५ हजार र ३ हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने पत्रकार भेटघाट कार्यक्रममा जनाइएको छ ।

यस्तै बेष्ट प्लेअर, म्यान अफ द टुर्नामेन्ट, बेष्ट गोलकिपर, टप स्कोलर, बेष्ट फेयर प्लेअरलाई समेत ट्फीद्धारा सम्मान गरिनेछ ।


पत्रकार भेटघाट कार्यक्रममा प्याब्सक पदाधिकारी एवं शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा