२३ भदौ, काठमाडौं ।
युवा व्याबसायी उद्धव प्रसाद भट्टराईले नयाँ गीत ‘के गर्नु माया म’ बजारमा ल्याएका छन् । भट्टराईको लगानीमा तयार भएको उक्त गीत बुढा सुब्बा डिजिटल मार्फत मंगलबार सार्वजनिक गरिएको हो ।
गीतमा शब्द र संगीत उत्तम लामाको रहेको छ । सुरज श्रेष्ठ र सजिल श्रेष्ठले स्वर दिएका छन् भने नायिका रिया श्रेष्ठ रदिपक लामाको अभिनय रहेको छ । गीतको निर्देशन भने कृष्ण परियार ले गरेका हुन् । प्रोड्यूसर भट्टराईले यो गीतको रिलिज लगत्तै अर्को गीतको छायांकन पनि सुरु हुने बताए । उनले गीत राम्रो बनेको र दर्शक र स्रोताबाट पनि राम्रो प्रतिक्रिया आउने विश्वास व्यक्त गरे ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।