शुक्रबार, साउन ८ २०८३
ताजा अपडेट

प्रिन्सिपल कोइरालाको स्वरमा नयाँ गीत ‘मुसुक्क हाँस्दा’ सार्वजनिक (भिडियो सहित)


  • शुक्रबार, कार्तिक ३ २०८०
61.4K
SHARES

काठमाडौँ । शिक्षा क्षेत्रमा लामो समय देखि अनवरत रूपमा क्रियाशील शिक्षाकर्मी प्रज्वल कोइरालाको स्वरमा ‘मुसुक्क हाँस्दा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । मङ्गलवार एक कार्यक्रमको आयोजना गर्दै उक्त गीत सार्वजनिक गरिएको हो ।


युवा पुस्ताको प्रेमलाई समेटिएको गीतमा सपन घिमिरेको शब्द सङ्गीत रहेको छ । म्युजिक भिडियोमा प्रेम रसाइली र नग्मा श्रेष्ठले सुन्दर अभिनय रहेको छ ।
दाजुभाइ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई सुवास चन्द्र जोशीले एरेन्जर, मिक्सिङ तथा मास्टरिङ गरेका हुन् भने कमला लामा र विनोद रञ्जितले कोरियोग्राफी गरेका छन्।


ओएसआर डिजिटल युट्युब च्यानल बाट सार्वजनिक भएको भिडियोलाई के.एस. फोटोग्राफी स्टेसनका डाइरेक्टर पशुपति श्रेष्ठले निर्देशन सम्पादन र छायाङ्कन गरेका हुन्।
गायक कोइराला चाबहिल स्थित रिभेरा इन्टरनेशनल एकेडेमीका प्रिन्सिपल हुन्।

भिडियो हेर्नुहोस्:


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा