शुक्रबार, साउन ८ २०८३
ताजा अपडेट

श्रृंखला खतिवडाले सार्वजनिक रुपमा स्वीकारिन् प्रेम सम्बन्ध


  • बुधबार, कार्तिक १ २०८०
16.4K
SHARES

काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सञ्चार उद्यमी सम्भव सिरोहियासँगको प्रेमलाई सार्वजनिक रुपमा स्वीकारेकी छन् । इन्स्टाग्राममा आइतबार बेलुका सम्भवसँगको रोमान्टिक तस्वीर सेयर गर्दै उनले ठूलो आँटका साथ प्रेम सम्बन्धलाई सार्वजनिक गरेको उल्लेख गरेकी छन् ।

आफूहरु प्रेममा रहेको जानकारी दिँदै श्रृंखला लेख्छिन्- नमस्ते, हामी सम्भव र श्रृंखला हौं । हाम्रो बीचको नाम होपलेस-रोमान्टिक हो । हामी दुबै अन्तर्मुखी व्यक्तिलाई आफ्नो प्रेम सार्वजनिक गर्न ठूलै साहस उठाउनुपरेको छ । तर, यो हामीले भन्नैपर्ने समय हो ।’

‘म मेरो भर्चुअल परिवारसँग हाम्रो प्रेम सम्बन्ध सार्वजनिक गर्न पाउँदा म खुशि छु’ श्रृंखला लेख्छिन्, ‘गतवर्ष यस्तो गर्न निकै मुस्किल भएको थियो ।’ उनले सम्भवको प्रशंसामा काव्यिक शब्द खर्चिएकी छन् । श्रृंखलाको इन्स्टाग्राम स्टाटस हेर्दा यी दुबैजना केही समयदेखि प्रेम सम्बन्धमा रहेको थाहा पाउन सकिन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा