बुधबार, चैत्र १५ २०७९
ताजा अपडेट

चर्चामा शम्भुजीत बास्कोटाको नयाँ गीत ‘माया नै माया’ (हेर्नुस् भिडिओसहित)


  • KTM Khabar
  • सोमबार, फाल्गुन ८ २०७९
1.3K
SHARES

काठमाडौँ । प्रख्यात गायक तथा सङ्गीतकार शम्भुजीत बास्कोटाको नयाँ गीत सार्वजनिक भएसँगै चर्चामा आएको छ । भ्यालेन्टाइन डेको अवसरमा ल्याइएको ‘माया नै माया’ बोलको गीतले अहिले युवा पुस्ताहरूको बिचमा निकै नै चर्चा कमाउन सफल भएको छ ।

पछिल्ला युवा पुस्ताको माया, प्रेमलाई समेटेर बनाइएको उक्त गीतले सकारात्मक प्रतिक्रिया पाउनुको साथै छोटो समयमा धेरैले हेरेका छन् ।

मङ्गलवार शम्भुजीत ७ नोट्स युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरिएको हो ।

किरण केसीको शब्द रहेको गीतमा सुरेश लामाले स्वर दिएका छन् भने मनोहर सुनामले संगीत संयोजन गरेका छन्।

निकेश खड्काले निर्देशन गरेको म्युजिक भिडिओमा अभिनेता आकाश श्रेष्ठ र गरिमा शर्माले अभिनय गरेका छन् ।

बुद्ध थापाले छायाङ्कन गरेको उक्त म्युजिक भिडिओलाई विकाश धमलाले सम्पादन गरेका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा