एसएस राजामौलीले निर्देशन गरेकाे साउथ फिल्म ‘आरआरआर’ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । फिल्ममा जुनियर एनटीआर, राम चरण, आलिया भट्ट र अजय देवगनलगायत कलाकारहरुले दमदार अभिनय गरेका छन् ।
निर्माण टिमले कास्टिङका क्रममा धेरै अभिनेत्रीहरुसँग सम्पर्क गरेतापनि विविध कारण उनीहरु ‘आरआरआर’ फिल्मको हिस्सा बन्न सकेनन् । ‘आरआरआर’मा आलिया भट्ट र ओलिभिया मोरिसको पनि मुख्य भूमिका छ । उनीहरुकाे भूमिकाका लागि अरु अभिनेत्रीलाई पहिला अनुबन्ध गर्नका लागि कुरा गरिएको थियो तर, उनीहरुले उक्त प्रस्ताव अस्वीकार गरेका थिए ।
श्रद्धा कपूर

‘आरआरआर’को टिमले अभिनेत्री श्रद्धा कपूरलाई जुनियर एनटीआरको अपोजिट रोल अफर गरेको थियो । तर, व्यस्तताका कारण देखाँउदै फिल्म खेल्न अस्विकार गरेकी थिइन् ।
इसाबेस कैफ

ओलिभिया मोरिसको भूमिकाका लागि अभिनेत्री क्याटरिना कैफकी बहिनी इसाबेस कैफलाई भनिएकाे थियो । उनले पनि साे भूमिकाका लागि अस्वीकार गरेकी थिइन् । इन्डिया टुडेका अनुसार इसाबेलले फिल्मको स्क्रिप्ट र डिटेल्स मागेकी थिइन्, जसका कारण पनि यो विषय टुंगोमा पुग्न नसकेको बताइएको छ ।
परिणीति चोपडा

निर्माण टिमले फिल्ममा सीताको भूमिकाका लागि आलिया भट्टको स्थानमा अर्की परिणीति चोपडालाई लिने विचार गरिएको थियो । तर, २०१९ मा एक रिपोर्टमा परिणीतिले भनेकी थिइन्, ‘म तपाईहरुलाई यति मात्र भन्न चाहन्छु कि तपाईहरु पर्खनुहोस् र प्रतिक्षा गर्नुहोस् ।’
एमी ज्याक्शन

‘आरआरआर’का निर्माताहरूले एमी ज्याक्सनलाई जुनियर एनटीआरको अपोजिटमा कास्ट गर्ने विचार गरिसकेका थिए । उनीहरुले अभिनेत्री एमीसँग सम्पर्क गरेका थिए । तर, एमी ज्याक्शन गर्भवती भएकै कारण ‘आरआरआर’को हिस्सा बन्न सकिनन् ।