काठमाडौं ।
नायिका पूजा शर्माले फेरि एक पटक कारागारमा रहेका अभिनेता पल शाहप्रति खुल्ला प्रेम व्यक्त गरेकी छन् । उनले इन्टाग्राममा एउटा स्टोरी राख्दै पलप्रति प्रेम दर्साएकी हुन् ।
इन्स्टा स्टोरीमा पूजाले स्क्रिनमा प्ले भइरहेको पलको भिडियोमा चुम्बन गरेको देखिन्छ । आफ्नै चलचित्र ‘म यस्तो गीत गाउँछु २’ मा पलले गीत गाइरहेको दृश्यमा उनले पलको गालामा चुमेकी छन् । र, क्याप्सन लेखेकी छन्– आइ जस्ट लभ हिम ।
त्यसो त पूजाको औपचारिक प्रेम अर्कै व्यक्तिसँग छ । उनले युद्ध बानिया नामका युवकलाई आफ्नो प्रेमीका रूपमा चिनाएकी छन् र उनीसँग बिहेको तयारीमा रहेको समेत बताएकी छन् । पल र पूजाको गहिरो निकटता रहे पनि उनीहरूले प्रेम सम्बन्धमा रहेको स्वीकारेका छैनन् । तर, पल जबरजस्ती करणीको मुद्दामा पक्राउ गरेसँगै पुजा उनीप्रति लगातार सदभाव दर्साइरहेकी छन् ।
पूजाले पलसँगका दर्जनौं मुभी सिनहरु एकसाथ स्टोरीमा सेयर गर्दै अन्तिममा पललाई चुमेको भिडियो राखेकी हुन् । स्टोरीको ब्याकग्राउन्डमा उनले ‘मै फिर भि तुमको चाहुंगा’ बोलको हिन्दी गीत बजाएकी छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।