आइतबार, असोज १६ २०७९
ताजा अपडेट

विवाहको ५ वर्षपछि छोराको आमा बनिन् भारती सिंह


  • KTM Khabar
  • आइतबार, चैत्र २० २०७८
9.4K
SHARES

भारतीय हास्य कलाकार भारती सिंह विवाहको ५ वर्षपछि आमा बनेकी छिन्। आइतबार (३ अप्रिल) मा उनले छोरालाई जन्म दिएकी छिन्। भारतीका श्रीमान् हर्ष लिम्बाचियाले सामाजिक सञ्जालमा पोष्ट शेयर गर्दै फ्यानलाई यो खुसीको खबर दिएका हुन्।

हर्षले भारतीसँगको निकै सुन्दर तस्बिर सेयर गर्दै लेखेका छन्, ‘यो छोरा हो। त्यसयता भारती आफ्नो गर्भावस्थालाई लिएर सामाजिक सञ्जालमा चर्चामा छिन्। हर्षको यो पोस्टपछि फ्यानदेखि लिएर सेलिब्रेटीसम्मले पनि जोडीलाई बधाई दिइरहेका छन्।

२०१७ मा भारतीको विवाह लेखक हर्ष लिम्बाचियासँग भएको थियो। उनी हर्षभन्दा ७ वर्ष जेठी छिन्। करिब ७ वर्ष डेटिङ गरेपछि यी दुईले एकअर्कालाई जीवनसाथी रोजेका थिए। हर्षले ुपीएम नरेंद्र मोदी बायोपिकु को डाइलगहरू लेखेका थिए। यसका अलावा उनले फिल्म ‘मलंग’को टाइटल ट्र्याक पनि लेखेका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा