बुधबार, जेष्ठ ११ २०७९
ताजा अपडेट

‘आरआरआर’ले ९ दिनसम्म कति कमायाे ?


  • KTM Khabar
  • आइतबार, चैत्र २० २०७८
3.1K
SHARES

काठमाण्डौं । प्रदर्शनको दोस्रो साता आइपुग्दा चलचित्र आरआरआरले विश्वभरमा ८०० सय करोडभन्दा धेरै व्यापार गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भारतबाट मात्रै चलचित्रले ५०० करोड बढी व्यापार गरेको छ।

प्रदर्शनको दोस्रो साताको पहिलो दिन शुक्रबार चलचित्रले २८ करोड कमाएको थियो। प्रदर्शनको दोस्रो सातामा पनि यो चलचित्र हेर्ने दर्शकको भीड चलचित्र हलहरुमा रहेको देखिएको छ। चलचित्र विश्वभरका ८ हजार पर्दामा प्रदर्शन भइरहेकाे छ।

यो चलचित्रलाई भारतका प्रसिद्ध निर्देशक एसएस राजामौलीले निर्देशन गरेका हुन्। चलचित्रमा जुनियर एनटीआर र रामचरणको मुख्य भूमिका रहेको छ भने बलिउडका हस्ती अजय देवगण र आलिया भट्टको पनि भूमिका रहेको छ।

भारतीय बक्स अफिसमा अहिलेसम्मकै सबैभन्दा ठूलो हिट फिल्म बनाउने टाइटल एसएस राजामौलीसँग जोडिएको छ ।उनको फिल्म ‘बाहुबली २’ ले कुल २५० करोड कमाएको थियो, जसले विश्वभर १७८८.०६ करोड कमाएको थियो र यसको घरेलु बक्स अफिस नेट कलेक्सन १०३०.४२ करोड थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा